खुम्रेकिरा नियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

खुम्रेकिरा नियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १६, २०८०

  • 153
    SHARES
खुम्रेकिरा नियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

सीताराम अधिकारी धादिङ, १३ जेठ

लामो समयदेखि खुम्रेकराले सतायो । हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ । आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहिमाथी खुम्रेकिराका कारण बालीले उत्पादन नदिएर कोदो कमै मर्ने गरेको पीडित गंगामायाँ तामाङले बताउनुभयो । ३६ वर्षीया गंगामायाँको ५ जनाको परिवार खुम्रेकिराको प्रकोपका कारण भोकै पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

 

 

गजुरी गाउँपालिका वडा नम्बर ३ पुराकसिङकी गंगामायाँ मात्र नभएर यो गाउँको ३१ घर परिवारको पिरलोको रुपमा रहेको खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने गरेको गाउँमा गठित खुरमुरे समूहका अध्यक्ष हुण्डरी तामाङले जानकारी दिनुभयो । माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रेकिरा भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा मानिन्छ । खुम्रेकिराको आयु ३ वर्षको हुनेभएकोले उपचारविधि भनेको माटो उपचार गर्नु रअर्को विजुलीबत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत राजेन्द्र बस्नेतले बताउनुभयो । हरेक वर्ष मकैको र कोदोबाली लाग्ने ठाउँमा जराखाएर बोट मर्ने समस्या देखाउने र माटोमुनी धेरैसमय बस्ने प्रकृतिको खुम्रेकिरा नियन्त्रण गर्नका लागि विजुली बत्ती भएमा सकिने भएकोले पुराकसिङका किसानहरु विजुली बत्ती माग गर्न विद्युत प्राधिकरणको कार्यालयमा माग पत्र लिएर पुग्नुभएको छ ।

 

खुम्रेकिरा नियन्त्रण गर्नका लागि खुम्रा लागेको बारीमा विजुली बत्ती बालेपछि खुम्रेकिराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न सकिने कृषकहरुको भनाइ १४ घर चेपाङ र १७ घर तामाङको बस्ती रहेको पुराकसिङ गाउँमा अहिलेसम्म विजुली बत्ती समेत पुगेको छैन । विजली बत्ती नभएका कारण अन्धकारमा बस्न बाध्य गरिबीले गाँजेको गाउँबासी आफूले भोट दिएर जिताएकाहरुले गरिब जनताको लागि काम नगरेको आरोप लगाउँदै नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाउनु भएको छ । विद्युतको मेन लाइनबाट छेवैमा रहेको गाउँमा विद्युत सेवा नपुगेको र माग पत्र समेत कार्यालयमा आएको सम्बन्धमा नेपाल विद्याुत प्राधिकरण धादिङका कार्यालय प्रमुख माधव न्यौपानेले निरिक्षण गरेरमागको सम्बोधन गरिने बताउनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar