चट्याङ लागेर तीन जना घाइते

चट्याङ लागेर तीन जना घाइते

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 149
    SHARES
चट्याङ लागेर तीन जना घाइते

दार्चुला, ३१ वैशाख

दार्चुलामा  भएका छन् । व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलक घाइते भएका छन् ।

 

शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका- १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar