फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

  • Kandara Samachar

  • शनिबार, बैशाख ३०, २०८०

  • 105
    SHARES
फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

 शुक्रबार फेसबुकमा अचम्मको बग (सुरक्षा कमजोरी) देखियाे । फेसबुकका अधिकांश प्रयोगकर्ताले सामना गरेको ‘अटो फ्रेन्ड रिक्वेस्ट बग’ केही घण्टामै समाधान भएको थियो ।

यदि तपाईंले पनि कसैको प्रोफाइल खोल्नुभएको थियो भने फ्रेन्ड रिक्वेस्ट गएको हुनसक्छ । आज हामी आफ्नो फेसबुक अकाउन्टबाट क-कसलाई फ्रेन्ड रिक्वेस्ट गएको छ भनेर कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं:

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

– त्यसपछि माथि होम आइकनको छेउमा रहेको ‘फ्रेन्ड्स’ आइकनमा ट्याप गर्नुहोस् । (आईओएस प्रयोगकर्ताले तलपट्टि रहेको ‘फ्रेन्ड्स’ आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । यदि ‘फ्रेन्ड्स’ अप्सन छैन भने दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गरेर ‘फ्रेन्ड्स’ अप्सनमा जानुहोस् ।)

– अनि फ्रेन्ड रिक्वेस्ट लेखेको छेउमा भएको ‘सी अल’ (See all) अप्सनमा ट्याप गर्नुहोस् ।

– यति गरेपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् ।