नीलकण्ठ मेयर फुटसलको उपाधी एक्सन नेपाललाई, द्वितीय आयोजक, तृतिय पत्रकार महासंघ धादिङ

नीलकण्ठ मेयर फुटसलको उपाधी एक्सन नेपाललाई, द्वितीय आयोजक, तृतिय पत्रकार महासंघ धादिङ

  • Kandara Samachar

  • आइतवार, फाल्गुन १०, २०८२

  • 19
    SHARES
नीलकण्ठ मेयर फुटसलको उपाधी एक्सन नेपाललाई, द्वितीय आयोजक, तृतिय पत्रकार महासंघ धादिङ
oplus_2

 

धादिङ

नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा एक्सन नेपालको टिमले उपाधि हासिल गरेको छ । एक्सन नेपालले आयोजक नीलकण्ठ नगरपालिकाको नीलकण्ठ फोर्स लाई ६–४ गोलले पारजित गर्दै उपाधि हासिल गरेको हो । आयोजक नीलकण्ठ नगरपालिका दोश्रो भयो । २६ टिम सहभागि भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ धादिङको टिम तृतिय र खनियाबास गाउँपालिकासान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीयलाई २२ हजार २ सय २२ रुपैयाँ र सान्त्वना हुने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद, सिल्ड र मेडल प्रदान गरिएको छ ।

धादिङ फुटसल क्लबमा भएको प्रतियोगितामा उत्कृष्ठ खेलाडी कमल ढुंगाना, उत्कृष्ठ गोलरक्षकमा जिवन श्रेष्ठ, उत्कृष्ठ डिफेण्डर सरोज पाण्डे र सर्वाधिक गोलकर्ता आर्जन श्रेष्ठ घोषित भएका छन् ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कार गरिएकाे छ।

यसैगरि नीलकण्ठ नगरपालिका महिला टिम र धादिङ अस्पताल महिला टिमबिच भएकाे मैत्रीपूर्ण फुटसलमा धादिङ अस्पताल विजयी भएकाे थियाे ।

विजयी खेलाडी र टिमलाई नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पुरस्कार वितरण गर्दै खेलकुुदकाे विकास गर्दै स्थानीय सरकारले लगानी गर्ने बताउनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलकाे अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समाराेहकाे अबसरमा सबैलाई धन्यवाद दिँदै प्रतियाेगिताले राष्ट्रिय स्तरमा परिचय गराएको बताउनुभयाे ।

प्रतियाेगितामा धादिङका २० टिम धादिङ बाहिरका ६ ओटा स्थानीय सरकारहरुले सहभागिता जनाएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar