महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

  • Kandara Samachar

  • शुक्रबार, साउन ४, २०८१

  • 25
    SHARES
महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ । युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ ।

आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो ।

युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar