कोपा अमेरिकाको पहिलो क्वाटर फाइनल खेलमा अर्जेन्टिना र इक्वेडर भिड्दै

कोपा अमेरिकाको पहिलो क्वाटर फाइनल खेलमा अर्जेन्टिना र इक्वेडर भिड्दै

  • Kandara Samachar

  • बिहिबार, असार २१, २०८१

  • 108
    SHARES
कोपा अमेरिकाको पहिलो क्वाटर फाइनल खेलमा अर्जेन्टिना र इक्वेडर भिड्दै

 

अषाढ-२१, २०८१

कोपा अमेरिका अन्तर्गत आज नेपाली समय अनुसार बिहानको ६:४५ बजे अमेरिकाको होस्टेन टेक्सासको एनआरजी स्टेडियममा अर्जेन्टिना र इक्वेडर बीच पहिलो क्वाटर फाइनलको हुन गइरहेको छ।कोपा अमेरिका २०२४ को नकआउट चरणको भिडन्तको लागि अबको करिब २ हप्ता १६ वटा टिमहरू प्रतिस्पर्धामाको मैदानमा भिडन्त गर्नेछन् पछिल्लो समय को २०२१ को कोपा अमेरिकामा अर्जेन्टिनाले ब्राजिललाई १-० हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको थियो।

कोपा अमेरिका २०२४ को लागि अर्जेन्टिना एक प्रमुख दावेदार टिम भएपनि तुलनात्मक रूपमा इक्वेडरसँग पनि सँग पनि तीव्र र कुशल खेलाडीहरू रहेका छन्। त्यसैगरी यो खेलमा मेसीको उपस्थितिलाई लिएर शङ्का गरिएको छ। अर्जेन्टिनाले अन्तिम १६मा पेरुसँग खेलेको खेलमा मेसिको अनुपस्थितिले गर्दा मेसी शारीरिक रुपमा खेल्नको लागि तयार भइसकेको स्पष्ट छैन।

पछिल्लो समयमा विश्वकप विजेता र कोपा अमेरिका विजेता समेत रहेको अर्जेन्टिनालाई हराउन भने इक्वेडरलाई त्यति सहज भने छैन। आजको यस भिडन्तमा इकोडरले अर्जेन्टिनाको फाइनल यात्रालाई पूर्ण विराम लगाउन सक्ला त ?

 

अर्जेन्टिना विरुद्ध इक्वेडर कति बजे सुरु हुन्छ?

स्थान: ह्युस्टन, टेक्सास
स्टेडियम: एनआरजी स्टेडियम
मितिः अषाढ २१ गते शुक्रबार
किक अफ समय: नेपाली समय बिहानको ६:४५ बजे।

अर्जेन्टिना बनाम इक्वेडर रेकर्ड (अन्तिम पाँच खेलहरू)

अर्जेन्टिना: ४ जित
इक्वेडर: ० जीत
ड्र: १
अन्तिम भेट: अर्जेन्टिना १-० इक्वेडर (जुन ९, २०२४) – अन्तर्राष्ट्रिय मैत्री


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar