मतदाताले दिएको मतकाे सम्मान हुनेगरि काम गर्ने छु : एमाले उम्मेदवार भूमि त्रिपाठी

मतदाताले दिएको मतकाे सम्मान हुनेगरि काम गर्ने छु : एमाले उम्मेदवार भूमि त्रिपाठी

  • Kandara Samachar

  • शनिबार, फाल्गुन १६, २०८२

  • 75
    SHARES
मतदाताले दिएको मतकाे सम्मान हुनेगरि काम गर्ने छु : एमाले उम्मेदवार भूमि त्रिपाठी
oplus_2

धादिङ ।

आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गरेका छन् ।
मतदाता भेटघाटका लागि घर आँगन आइपुगेका उम्मेदवार घलेलाई शुभकामना र आशिवार्द दिदै स्थानीयले मतको सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । मतदान नागरिकको अधिकार रहेको भन्दै दिएको मत गाउँको विकास र समृद्धिको काममा प्रयोग गरेर गाउँमा विकास गर्नु पर्ने बताएका छन् ।
नीलकण्ठ नगरपालिकामा सडक सञ्जाल, विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै स्थानीयले मतदान गरेजस्तै विकास पनि हुनु पर्नेमा जोड दिएका छन् ।
उम्मेदवार घलेले मतदाताले दिएको मतको सम्मान हुने गरि काम गर्ने बताएका छन् । ‘हरेक मतको सदुपयोग हुनेछ । बालकालिकादेखि युवा र वृद्धवृद्धासम्म नागरिकको चाहना र आवश्यकता हेरेर कानुन बनाउने र विकासमा नागरिकको जनजिवन फेरिने गरि काम गर्नेछु’ उनले भने– ‘संविधान सभा सदस्य बन्दा पनि धादिङको गरिमा उचो हुने गरि काम गरेको थिए । त्यो विश्वास र तपाईहरुको साथको फेरी पनि सम्मान हुने गरि काम गर्नेछ ।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar