बुबाको मृत्यु भएको तेह्रौँ दिनमा एसइइ, दुई दृष्टि विहिन सहयाेगि राखेर सहभागी

बुबाको मृत्यु भएको तेह्रौँ दिनमा एसइइ, दुई दृष्टि विहिन सहयाेगि राखेर सहभागी

  • Kandara Samachar

  • बिहिबार, चैत्र १९, २०८२

  • 242
    SHARES
बुबाको मृत्यु भएको तेह्रौँ दिनमा एसइइ, दुई दृष्टि विहिन सहयाेगि राखेर सहभागी
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

– नानु कार्की /धादिङ । 

बुबाको मृत्युले शोकमा बसेको बेलामा एसइइ परिक्षामा सहभागि हुनु धार्मिक परम्परा र संस्कृतिले सुहाउने विषय होइन तर गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको द राइजिङ भिलेज बोर्डिङ स्कुलका एक विद्यार्थीले शोक भनेर कोराभित्र मात्र सिमति हुन पाएनन् ।

माध्यामिक शिक्षा अन्तरगत  महत्वपूर्ण एसइइको तयारीमा रहेको बेला बुबा गुमाउनुभएका सन्देश ढकालले कोरा बारेको अवस्थामा एसइइ परिक्षामा सहभागि हुनुभएको छ । महाकाली मावि सिम्ले परिक्षा केन्द्रमा सहभागि ढकालको बुबाको मृत्यु भएर सेतो लुगामा परिक्षा दिन आउनुभएका ढकाललाई सबै विद्यार्थीभन्दा छुट्टै राखेर एसइइ परिक्षामा सहभागि गराइएको केन्द्राध्यक्ष देबेन्द्र अर्यालले बताउनुभयो ।

हार्डअट्याक भएर बुबाको मृतयु भएको तेह्रौँ दिनमा परिक्षामा सहभागि हुनुभएकोले उहाँलाई साँस्कृति र धार्मिक भावना अनुसार कसैले पनि नछोइ परिक्षाकेन्द्र पुर्याइएको विद्यालयका प्रिन्सीपल नवराज ओझाले जानकारी दिनुभयो ।

द राइजिङ भिलेज बोर्डिङ स्कूल बैरेनीका नकुल ओझाले खुट्टा भाँचिएको अवस्थामा परिक्षा केन्द्रमा व्यवस्था गरिएको बेडमा सुतेर परिक्षा दिनुभयो भने सोही विद्यालयका अनुखतिवडाले पनि खुट्टा भाँचिएका कारण छुट्टै बेडमा बसेर आफँले परिक्षामा लेखेर परिक्षा दिनुभएको केन्द्राध्यक्ष अर्यालले बताउनुभयो । जनजागृति माविबाट दृष्टि विहिन जिवेश लामा तामाङ र रितेश कार्की ले महाकाली मावि परिक्षा केन्द्रबाट परीक दिनुभयाे ।

परिक्षा प्रणालीमा अन्य विद्यार्थीलाई दिइएकाे समय साेहि प्रश्न अनुसार परिक्षा दिनुपर्ने भएकाे उत्तर लेख्ने सहयाेगि राख्ने नियमानुसार परिक्षामा सहभागी हुनुभयाे ।

अब्बल र राम्राे विद्यार्थीकाे रुपमा परिचित दृष्टि विहिन विद्यार्थीले विद्यालयकाे सान हुने अपेक्षा समेत गरिएकाे छ ।

धादिङमा २४ परिक्षा केन्द्रबाट सहभागि विद्यार्थीहरुमध्ये पुरक तर्फ ८ सय जना र नियमित तर्फ ४ हजार २ सय ४६ जनाले एसइइ दिएका छन् ।प्राविधिक तर्फ समेत धादिङमा १ सय ८२ जना विद्यार्थी सहभागि  छन्  ।शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदीले एसइइ परिक्षा सफ पार्न, स्वच्छ, शान्त र मर्यादित बनाउन शिक्षक  अभिभावक, विद्यार्थीहरुलाई आग्रह गर्दै केन्द्राध्यक्षहरुलाई परिक्षाको मर्यादा कायम गरि अझ राम्रो बनाउन आग्रह गर्नुभएको छ । केन्द्राध्यक्ष २४, सहायक केन्द्राध्यक्ष ३५ जना, नीरीक्षक २ सय ५३ जना तथा ३ सय ६० सुरक्षाकर्मी सहित ८ सय २५ जना जनशक्ति एसइइ परिक्षामा प्रत्यक्ष रुपमा  परिचालित भएकाे सूचना अधिकारी चन्द्रिका मल्लेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar