नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठको कार्याेजना सार्वजनिक

नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठको कार्याेजना सार्वजनिक

  • Kandara Samachar

  • मङ्लबार, फाल्गुन २६, २०८२

  • 100
    SHARES
नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठको कार्याेजना सार्वजनिक
oplus_8388610

 

धादिङ

नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठले विकास र सुशासनलाई केन्द्रमा राख्दै “काम, काम, काम – नतिजा, नतिजा, नतिजा” भन्ने नारासहित आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा उहाँले स्वास्थ्य, सुशासन र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सांसद श्रेष्ठले धादिङ अस्पतालको स्तरउन्नति गर्ने, स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्ने र जिल्लामा अनुसन्धान तथा नव–प्रवर्द्धन केन्द्र स्थापना गर्ने योजना अघि सार्नुभयो। साथै नागरिकलाई सहज स्वा“जनतालेस्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य विमा प्रणालीको विस्तार र प्रभावकारी व्यवस्थापन गर्ने बताउनुभयो।

उहाँले देशको विकासमा बाधा बनेको भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, अब काम गरेर परिणाम देखाउने समय आएको छ,” सांसद श्रेष्ठले भन्नुभयो।

उहाँले विकासका योजना कार्यान्वयनका लागि स्थानीय तह, सरोकारवाला निकाय र सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar