धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर २ काे मतगणना सुरु भएकाे छ ।
धादिङबेसी स्थित जिल्ला समन्वय समिति भवनमा रहेकाे प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयाे ।रुबीभ्याली गाउँ पालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएकाे हाे ।
मतपेटिका ढुवानी गर्न विकटबाट ल्याउँदा ढिलाइ भएकाेले मतगणना सुरु हुन ढिलाइ भएकाे हाे ।
धादिङ क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार ५ सय ९४
मतादाता रहेकाेेमा ७३ हजार ५१ जनाले मतदान गरेका छन् । धादिङ २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्दामा छन् ।