युवामैत्री कानून निर्माण गर्ने छु : एमाले उम्मेदवार भुमि त्रिपाठी

युवामैत्री कानून निर्माण गर्ने छु : एमाले उम्मेदवार भुमि त्रिपाठी

  • Kandara Samachar

  • शनिबार, फाल्गुन १६, २०८२

  • 74
    SHARES
युवामैत्री कानून निर्माण गर्ने छु : एमाले उम्मेदवार भुमि त्रिपाठी

धादिङ । 

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले युवाको माग र आवश्यकतालाई केन्द्रमा राखेर युवा मैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा गजुरी गाउँपालिका–२ र ३ का विभिन्न बस्तीमा पुगेका त्रिपाठीले जेन्जी पुस्ताको आकांक्षा, रोजगारी, सीप विकास र उद्यमशीलताका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कानुन ल्याइने बताए।

“समुदायमा आवश्यक विकास र नागरिकको चाहनाबारे म स्पष्ट छु। कानुनविद् भएकाले कस्तो कानुनले गाउँमा विकास र समृद्धि ल्याउन सक्छ भन्ने अनुभव पनि छ,” उनले भने, “युवालाई अवसर दिने, स्वरोजगार सिर्जना गर्ने र पलायन रोक्ने खालका प्रावधानसहितका कानुन निर्माणमा पहल गर्छु।”

उनले कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग संरक्षण र पूर्वाधार विकासलाई निर्वाचन क्षेत्रको मुख्य एजेन्डा बनाएको उल्लेख गरे। शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, सडक स्तरोन्नति र डिजिटल पूर्वाधार निर्माणमार्फत समग्र विकासको खाका प्रस्तुत गर्ने उनको दाबी छ।

त्रिपाठीले संसद्‌मा पुगेपछि स्थानीय तहसँग समन्वय गरी प्रभावकारी नीति कार्यान्वयनमा जोड दिने र नागरिकको प्रत्यक्ष सरोकारका विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। “राजनीति पदका लागि होइन, सेवा र उत्तरदायित्वका लागि हो,” उनले भने, “जनताको विश्वास जितेर विकास र समृद्धिको यात्रामा सहयात्री बन्न चाहन्छु।”


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar