नेताले बटोबिराउँदापनि मूलाबाटो पछ्याएका ठमबहादुर कमगरको अठोट

नेताले बटोबिराउँदापनि मूलाबाटो पछ्याएका ठमबहादुर कमगरको अठोट

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 38
    SHARES
नेताले बटोबिराउँदापनि मूलाबाटो पछ्याएका ठमबहादुर कमगरको अठोट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

✍️ सीताराम अधिकारी/धादिङ ।

ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए ।
२०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्नेहो भने पंचायतअन्त्य हुनुपर्छ भनेर लाग्नु भएका तत्कालिन खाल्टे गाउँपंचायतका ठमबहादुर मगर अहिले उमेरले ६७ वर्षपुग्नुभयो । त्यतिखेर घरमा खानेकुरा थिएन । ज्यालामजदुरी गर्नु पथ्र्यो । नेताहरु कोही पंचायत समर्थथक आउँथे त कोही कम्यूनिष्ट समर्थकहरु नेताहरु गाउँमा आउँथे । कहिलेकाँही काँग्रेसहुँ भन्नेहरु पनि गाउँतिर आउँथे ।
सानैमा बाबु यमबहादुर र दाजु भीमबहादुर गुमाउनुभएका ठमबहादुरको गरिबीले गाँजेको समयमा जनतालाई एक पेटखान पुग्ने व्यवस्था ल्याउन कम्यूनिष्टहरुनै सक्षम छन् भन्ने लागेर त्त्कालित नेकपा मालेको सम्पर्कमा पुग्नुभयो । मजदुरी गरेर परिवार पाल्नु पर्ने थियो । आमा टंककुमारी, भाउजु ठूलीमायाँ र भतिजहरु पाल्नु पर्ने बाध्यता त छँदैथियो । त्यो भन्दा बढी जिम्मेवारी नेकपा मालेका नेताहरुलाई संरक्षण गर्नु र ज्याला गरेर कमाएर ल्याएको कोदोको पिठोको ढिडो रोटी खुवाउनु उहाँको लागि गौरबको विषय थियो । जनता सचेत बनाएर पंचायत विरोधी अभियान संचालन गर्ने र गराउनेहरुको संरक्षणक बन्ने जिम्मेवारी लिनुभएको थियो ठमबहादुरले ।
२०४३ सालतिर नेकपा मालेका नेता राजेन्द्र पाण्डे संगठन विस्तारका लागि गाउँ आउयनुभयो । निमेक गरेर परिवार पालेर पनि पंचायतको विद्रोह गरिरहेका ठमबहादुरको घरमा बस्ने र संगठन बनाउने काम गर्न थाले । पटक पटक आफूले नर्खाएर पनि पाण्डेलाई कोदोको ढिँडो र रोटी खुवाएको संझना गर्दै ठमबहादुर जनताको पक्षमा नेकपा माले र पछि एमालेले नै गर्छ भनेर गाँलेलाई एक गठ बनाएर राखे । २०५४ को निर्वाचनमा आफूले पाउने टिकट अरुलाई दिएर पनि पार्टी बचाए । यो योगदान ठमबहादुर, उहाँका आमा र भाउजुले सेल्टरदाताको रुपमा मात्र नभएर एउटा संरक्षकको रुपमा पाण्डे, जगन्नथ नेपाल, सुरेश कार्की, गंगालाल तुलाधर लगायतका नेताहरुलाई लुकाएर राखेको अनुभव छ ।
ठमबहादुरलाई अन्य नेतासंग गुनासो छैन तर देश बनाउलान भनेर आफूले सहयोग गरेका राजेन्द्र पाण्डे अहिले १२ औँ पटक निर्वाचनमा उम्मेदवार हुनुभएको छ । कयँै पटक मन्त्रि हुनुभयो । मूख्य मन्त्रि पनि हुनुभयो तर उहाँलाई पद नपुगेर बुढ्यौलीमा पनि पद छाड्न नसकेर जनता र कार्यकर्ता छाडेर खोलाको पारी किनारातिर पुग्नुभयो । गंगालाल तुलाधरलाई सम्सदको टिकट दिँदा आफूले धेरै प्रयास गरेर जिताएको अनुभव सुनाउँदै ठमबहादुर उहाँ शिक्षा मन्त्रि हुँदा उहाँलाई उठाएका काउँलाई बेवास्ता गर्नुभयो । अहिले उहाँ कताकता मूल बाटो छाडेर हिड्नुभएको सुनेको ठमबहादुरको भनाइ छ ।
सँधै पदमात्र चाहिने, पदमा पुगेपछि जनताका काममा वास्ता नगर्ने खालका नेता सम्झेर पछुतो लागेको तर आफूले गौरव गरेको नेकपा एमाले नछाडेको र यसलाई सहि दिसामा लैजान अझै योग दान गरिरहने ठमबहादुर बताउनुभयो ।
२०४२ सालतिरबाट नेकपा मालेको सम्पर्कमा रहेका ठमबहादुर २०४३ तिर बलराम ढुंगाना, केशव खतिवडा र ठमबहादुर मगर भएर गाउँमा कमटि बनाएको सम्झना अझै छ । २०४७ सालमा पार्टी सदस्य लिनुभएकाठमबहादुरले निरन्तर नेकपा माले हुँदै नेकपा एमालेमा सक्रिय हुनुहुन्छ । खाल्टेको एउटा सामाजिक र राजनितिक चेतनापुञ्जको रुपमा ठमबहादुरलाई लिने गरिएको छ । जसले समाज उज्यालो बनाउन सघाउनुभयो तर पद लोलुप केही नेताका कारण जनताको पक्षमा काम गर्नु पर्नेले नगरेको अनुभवलाई साक्षी राखेर धनबहादुर घले गाउँमा पुग्दा खुसी व्यक्त गर्दै स्वागत गरे र गाउँलेलाई संगठित गरेर जनताको नेता बन्न आग्रह गर्नुभयो । घलेले चुनाव जितेपछि नागरिकका समस्या समाधानका लागि निरन्तर लाग्न ठमबहादुरहरुले आग्रह गरेपछि एमाले उम्मेदवार घलेले सामाजिक र आर्थिक विकासका लागि सबै किसिमको काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar