इन्सेककाे निर्वाचन पुर्व अनुगमन: धादिङमा निर्वाचन तयारी अन्तिम चरणमा

इन्सेककाे निर्वाचन पुर्व अनुगमन: धादिङमा निर्वाचन तयारी अन्तिम चरणमा

  • Kandara Samachar

  • मङ्लबार, फाल्गुन १२, २०८२

  • 19
    SHARES
इन्सेककाे निर्वाचन पुर्व अनुगमन: धादिङमा निर्वाचन तयारी अन्तिम चरणमा

धादिङ

प्रतिनिधि सभा निर्वाचनकाे पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलकाे बारेमा इन्सेकद्वारा धादिङमा निर्वाचन  पूर्वअनुगमन गरिएकाे छ ।
इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएकाे पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु, प्रमसख निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा नागरिक समाज र अन्य पर्यवेक्षकसंग छलफल गरिएको छ ।
स्वच्छ , भयरहित र निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको र मतपत्र प्राप्त भएको, मतदानमा खटिने कर्मचारी तालिम र नियुक्ति भईरहेकाे, दल र उम्मेदवारसंग छलफल र समन्वय भएकाे
मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
पूर्व अनुगमनकाे क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएकाे, आचारसंहिता पालना भएकाे, निर्वाचन प्रचारप्रसारमा सरलता आएकाे, दलहरु आफैले सर्वदलिय बैठक गरि आपसि सहमतिमा स्वच्छ र मैत्रीपूर्ण निर्वाचनको वातावरण बनाएकाे बताउनुभयाे ।
मतपेटिका, मतपत्र ढुवानी, संकलन, सुरक्षा र सहि सूचनाका लागि सूचना प्रणाली व्यवस्थापन गरिएकाे प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ ।
जिल्ला प्रहरी प्रमुख एसपि सुमित खड्काले जिल्लाकाे १ सय ८ मतदान स्थल अति सम्बेदनशील, ६ मतदान स्थल सम्बेदनशी भएकाे सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै कर्मचारी, मतदानस्थल र मतपेटिका सुरक्षा, उम्मेदवार सुरक्षा र मतदाताकाे सुरक्षा प्रबन्ध मिलाइ सुरक्षा याेजना अनुसार काम गरिएकाे बताउनुभयाे ।
जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले मतदान अधिकृत र सहायक मतदान अधिकृत तालिम भइरहेकाे, आयाेगले दिने १३ किसिमका सामाग्री र जिलामा खरिद भएका ३७ किसिमका सामाग्री खरिद गरि मतदान केन्द्रमा पठाउन तयार पारिएकाे, मतपेटिका समेत तयारी रहेकाे गुरुङको भनाई छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी माेहन न्याैपानेले आचारसंहिता उल्लंघनका घटना छिटपुटमात्र भएकाेले नियमन गरिएकाे, जिल्लामा मैत्रीपूर्ण निर्वाचनकाे वातावरण बनेकाे बताउनुभयाे ।
धादिङमा निर्वाचन पर्यवेक्षण गर्ने जियाेकका अध्यक्ष अधिवक्ता विश्वराज अधिकारी, नियाेकका सचिव रमेश अधिकारी र मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारी, सचिव इश्वर थापामगर, लगायतसंग छलफल गरि धादिङमा पर्यवेक्षण गर्ने निकायहरुले पर्यवेक्षक तालिमहरु गरेकाे र आचारसंहिता र स्वच्छ निर्वाचनका लागि सहयाेगि बन्दै स्वच्छ स्वतन्त्र र भयरहित निर्वाचन भयाे भएन पर्वेक्षण गर्न खटाइएकाे छलफलमा बताउनुभयाे ।
यसैगरि इन्सेकका बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नेपालमा प्रजातान्त्रको पुर्नस्थापना पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा मानवअधिकार संगठनका पर्यवेक्षकहरुलाई पर्वेक्षण, महत्व, नितिगत रुपमा पार्ने प्रभाव, पर्यवेक्षक भुमिका, आचरणबारे स्पष्ट पार्नुभएकाे थियाे ।
धादिङमा इन्सेककाे २ जना, मानवअधिकार संगठनकाे ८ जना, नियाेककाे १२ जना, जियाेककाे ७ जनाले पर्यवेक्षण गर्ने जानकारी छलफलमा गराइएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar