व्यवहारिक र सिपमूलक शिक्षामा एमाले उम्मेदवार भूमि त्रिपाठीको जोड

व्यवहारिक र सिपमूलक शिक्षामा एमाले उम्मेदवार भूमि त्रिपाठीको जोड

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ११, २०८२

  • 13
    SHARES
व्यवहारिक र सिपमूलक शिक्षामा एमाले उम्मेदवार भूमि त्रिपाठीको जोड
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ
धादिङ १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर १ सुनटार, फोसटार, पारिलाछाप, डुम्रिचौर, मैदान, सालटार, कल्लेरीटार लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै घरदैलो अभियानमा पुग्नु भएका त्रिपाठीले अब शिक्षालाई व्यवहारसंग मिल्ने बनाउन आफूले नितिगत सुधार गर्ने बताउनुभयो । यसैगरि शिक्षालाई सीपमूलक बनाएर रोजगारी अन्त्य गर्ने विषयमा समेत शिक्षालाई आधारमान्ने कानून र कार्यन्वयन गर्न पहल गर्ने बताउनुभएको छ ।
एमाले उम्मेदवार त्रिपाठीले् गाउँघरका विकास योजना, स्वास्थ्यमा गाउँबासीको पहुँच, सडकमार्गलाई स्तरउन्नती गर्ने र किसानका उत्पादन उपभोक्तासम्म पुर्याउन कार्यक्रम ल्याउने गरि आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका संस्थापक  नेता जगन्नाथ नेपाल, एमाले नेता रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar