धादिङ ।
धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउनुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृयिा एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन गर्नका लागि आफू लागि पर्ने धनबहादुर घलेको भनाइ छ ।
मजदुरको लागि सुरक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य विमा, मजदुरको जोखिम विमा लगायतका विषयमा एमालेले सरकार भएको बेला निति ल्याएको र आगामी दिनमा यसलाई व्यवहारिक निति अपनाएर कार्यान्वयन गर्न एमालेले जित्नु पर्नेमा जोड दिनुभयो ।
धले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को अधिकारीडाँडा, अल्छीडाँडा, रायटार, खानीगाउँ, पारीगाउँ, बस्नेत चौतारो, थापागाउँ, बालिमखोला, रानीडाँडा, रिजालथोक, विमिरे, र वडा नम्बर २ को भुलभुले, भण्डारीगाउँ, ढोडेनी, जुरेथुम, जुँगे, घेउझार, चिसापानी, आलडाँडा, सिम्ले, तिनघरे, बसाह ओलीडाँडाका मतदाता भेटघाट गर्दै गुनासो र सुझाव संकलन गर्दै गुनासो समेत सम्बोधन गर्नुभएको छ ।