आमाको नामबाट अंगिकृत नागरिकता पाएपछि भने, “बल्ल प्रजातन्त्र आयो”

आमाको नामबाट अंगिकृत नागरिकता पाएपछि भने, “बल्ल प्रजातन्त्र आयो”

  • Kandara Samachar

  • आइतवार, फाल्गुन १०, २०८२

  • 26
    SHARES
आमाको नामबाट अंगिकृत नागरिकता पाएपछि भने, “बल्ल प्रजातन्त्र आयो”
oplus_2
✍️ सीताराम अधिकारी/धादिङ ।
२००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको थियाे ।
धादिङमा पनि सहितहरुकाे तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो ।
जिल्ला प्रसासन कार्यालयमा भने ८ जना नेपाल बसेको २० वर्षभन्दा बढी समयदेखि नागरिकताबको पर्खामा रहेकाहरु हातमा नागरिकता लिन आतुर थिए ।
जसले नागरिकता लिन बसीरहेका थिए उनका बाबु भारतीय नागरिक हुन, आमा नेपाली ।
उनिहरुले कानूनमा आमाको नामबाट बाबु विदेसी भएपनि अंगिकृत नागरिकता दिनमिल्ने गरि यवस्था गरेको भएपनि अनेकन झण्झट र व्यववधानका बाबजुत नागरिकता पाउन सकेका थिएनन्।
नेपालमै जन्मिएर बाबुको घरसमेत नदेखेका नेपाली आमाका ८ जना छोराछोरी भने  आफ्नो प्रजातन्त्र कुरीरहेका थिए ।
जब प्रमुख जिल्ला अधिकारीले कानूनी प्कृया पुरा गरेर नागरिकता हातमा दिए तब ३८ वर्षीय प्रदिप पन्तले भने, “मेरोलागि भरखर प्रजातन्त्र आयो । “
प्रदिप  र उनिसंग नागरिकता लिन आएकाहरु गम्भीर भए । भावुक बने । खुसी व्यक्त गर्दै नेपाली भएर बस्नुमा गाैरव अनुभ हुने बताए ।
जिल्ला प्रशासन कार्यालय धादिङले पहिलो पटक जिल्लाबाट ८ जनालाई अंगिकृत नागरिकता दिइएकाे थियो ।
२० वर्षभन्दा पहिलेदेखि धादिङ बस्दै आएका बेनिघाटरोराङ गाउँपालिकाका ३ जना र नीलकण्ठ नगरपालिकाका ५ जनालाई अंगिकृत नागरिकता दिएको हो ।
आमा नेपाली र बाबु विदेसी मुलका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मा वषेँदेखि बसोबास गर्दै आएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय प्रदिप पन्त, २८ वर्षीय भुवन शर्मा र ३० वर्षीया उषा पन्तले  अंगिकृत नागरिकता प्राप्त गर्नुभएको छ । पन्त दाजुबहिनीले बिबिएस र एमएड सम्म अध्यायन गरिसक्नुभएको  छ ।
उनिहरुको आमा धादिङ निवासी बासना गिरी शर्मा हुनुहुन्छ भने बुबा भारत निवासी गोपाल शर्मा हुनुहुन्छ ।
यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्दै आउनुभएका बुबा भारत निवासी अमरलाल साह र आमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी जिउतीकुमारी देवी उल्लेख गरेर ५ जना छोराछोरीलाई अंगिकृत नागरिकता दिइएको हो ।  नीलकण्ठ नगरपालिका वडा नम्बर ३मा बसोबास गर्दै आउनुभएका ३२ वर्षीय राजेशप्रसाद साह, २७ वर्षीया रंजुकुमारी जैसवाल, २५ वर्षीया कविताकुमारी जैसवाल, २३ वर्षीया सबिता कुमारी जैसवाल र १९ वर्षीय राहुल प्रसाद साहले अंगिकृत नागरिकता लिनुभएको प्रशासकिय अधिकृत राममणि मिश्रले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले अंगिकृत नागरिकता सम्बन्धी कानून, विधि, प्रकृया अपनाएर अंगिकृत नागरिकता दिएको बताउनुभयो ।
नागरिकता पाएपछि ३२ वर्षीय राजेशप्रसाद साहले आफूहरुलाई अहिले भरखर प्रजातन्त्र आएको अनुभव भएको बताउनुभयो ।
नागरिकता पाएकाहरु आइटिका अब्बल, वा डिग्रि  गरेकाहरु छन् ।
बाबू भारतीय भएपनि नेपाली माटाेमा नेपाल आमाकाे काखमा सेवा गर्ने बताएका छन् ।
धादिङमा बर्षाैँदेखि बसाेबास गरेर नागरिकताकाे पर्खाईमा बसिरहेकाहरु याे जानकारिपछि लाभान्वित हुनेछन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar