धादिङ–१ लाई समृद्धिको मार्गमा अग्रसर गराउने एमाले उम्मेदवार भूमि त्रिपाठीकाे कार्याेजना सार्वजनिक

धादिङ–१ लाई समृद्धिको मार्गमा अग्रसर गराउने एमाले उम्मेदवार भूमि त्रिपाठीकाे कार्याेजना सार्वजनिक

  • Kandara Samachar

  • बुधबार, फाल्गुन ६, २०८२

  • 14
    SHARES
धादिङ–१ लाई समृद्धिको मार्गमा अग्रसर गराउने एमाले उम्मेदवार भूमि त्रिपाठीकाे कार्याेजना सार्वजनिक
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले) का  उम्मेदवार भूमि त्रिपाठीले संविधानको रक्षा, सुशासन र दिगो विकासलाई केन्द्रमा राखी विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जनताको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अस्थिरता र अव्यवस्थालाई जनमतबाट परास्त गरी स्थायित्व र समृद्धिको मार्गमा देशलाई अघि बढाउनु वर्तमान आवश्यकता भएको बताउनुभयो।

काठमाडौंसँग जोडिएको जिल्ला धादिङ सम्भावनाका बाबजुद विकासको मूलधारबाट पछाडि परेको उल्लेख गर्दै उहाँले विगतमा सुरु गरिएका अधुरा आयोजना सम्पन्न गर्नु पहिलो प्राथमिकता हुने स्पष्ट गर्नुभयो।

✍️ पूर्वाधार तथा शहरी विकासमा जोड

उम्मेदवार त्रिपाठीले नागढुंगा–नौबिसे सुरुङमार्गको पूर्ण उपयोग गर्दै पृथ्वी राजमार्ग आसपास एकीकृत शहरी विकास गर्ने, धुनिबेसी र लामीडाँडालाई आधुनिक वैकल्पिक सहरका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ।

भीमढुंगा–लामीडाँडा–गल्छी–सिद्धलेक–बेनिदोभान सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक राजमार्गका रूपमा स्तरोन्नति गरी त्रिशूली किनारमा औद्योगिक करिडोरसहित शहर स्थापना गर्ने प्रतिवद्धता जनाइएको छ।

त्यसैगरी बुढिगण्डकी आयोजना अघि बढाउने, मोटरेबल पुल निर्माण, सिँचाइ नहर विस्तार, थाक्रे, गजुरी र बेनिघाट बृहत् खानेपानी आयोजना सम्पन्न गर्ने तथा रोकिएका खानेपानी आयोजना पुनः सञ्चालन गर्ने उल्लेख गरिएको छ।

✍️ पर्यटन प्रवद्र्धनमार्फत रोजगारी

चन्द्रागिरी–शक्तिखोर पदमार्ग सम्पन्न गरी पर्यटन पूर्वाधार विस्तार गरिने उल्लेख छ। चेपाङ, तामाङ र मगर समुदायको संस्कृति तथा सीपलाई पर्यटनसँग जोड्दै होमस्टे प्रवद्र्धन गरिने तथा तोप्लाङ, पोखरीचौर, रानीझरना, भुमिचुली, झण्डाचुली, अपचुली, कान्द्राङगढी, नोहक गुफा, सिद्धलेक–ढेवालेक, गुप्तेश्वरी, रानीमाला र लामीडाँडालाई पर्यटन गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ।

त्रिशूली नदी संरक्षणसहित पर्यटन, व्यापार र रोजगारी विस्तार गर्ने योजना प्रतिवद्धता पत्रमा समावेश गरिएको छ।

✍️ युवा, कृषि, शिक्षा र स्वास्थ्य

युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने, प्रत्येक पालिकामा युवा परिषद् गठन गर्ने तथा सहुलियत ऋण र स्टार्टअप कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

कृषिमा आधुनिक प्रणाली, मल–बीउको सुनिश्चितता, नगदेबाली उत्पादन विस्तार र बजार पहुँच सुनिश्चित गरिने योजना अघि सारिएको छ।

शिक्षातर्फ सार्वजनिक शिक्षाको गुणस्तर सुधार, कक्षा ६ देखि सीपमूलक शिक्षा लागू गर्ने तथा क्याम्पस स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रमा बेल्खु ट्रमा अस्पताललाई अगाडि बढाउने, प्रत्येक पालिकामा सुविधा सम्पन्न अस्पताल निर्माणको निरन्तरता दिने तथा स्वास्थ्य बीमा सीमा न्यूनतम तीन लाख रुपियाँ पुर्याउने प्रतिबद्धता जनाइएको छ।

✍️ सुशासन र सामाजिक न्याय

युवा तथा महिलामैत्री कानुन निर्माणमा पहल गर्ने, राजमार्ग मापदण्डका अन्यायपूर्ण व्यवस्था संशोधनका लागि पहल गर्ने तथा आदिवासी जनजाति, दलित र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयनमा जोड दिने उल्लेख छ।

उम्मेदवार त्रिपाठीले “वाचा होइन, परिणाम” दिने प्रतिबद्धता व्यक्त गर्दै सूर्य चिन्हमा मतदान गरी धादिङ–१ को उज्ज्वल भविष्य निर्माणमा योगदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar