धादिङ ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४ स्थित चालिस गाउँ गुरुङ समूदायो बस्ती हो । गाउँमा पर्यटक भित्र्याउन र गाउँबासीले सामुहिक आम्दानी दिनका लागि होम स्टे संचालनमा छ । ९३ घर गुरुङ समूदायको भएको चालिस गाउँको समस्या भनेको पेन्तिसिया खोला र यसले बस्तीमा पार्ने असर गाउँबासीको टाउँको दुखाइ भएको छ ।यसबाट निस्कने जलविद्युतलेले सहयोग पुर्याएको भएपनि गाउँबासीलाई पेन्तिसिया खोलाबाट सुरक्षित राख्नु पर्ने माग गाउँबासीको तर्फबाट एमाले उम्मेदवार धनबहादुर घलेलाई राखेका छन् ।एमाले उम्मेदवार घलेले आफूनिर्वाचित भएपछि चालिस गाउँ संरक्षण गर्दै होमस्टे विकासका लागि आफूले जनताको तर्फबाट काम गर्ने बताउँदै पेन्तििसिया खोला नियन्त्रण गर्दै विद्युत विकासका लागि सहयोग गर्ने बताउनुभएको छ ।
सडक, बस्ति संरक्षण, पुल, सामुदायिक तथा सार्वजनिक भवन तथा पर्यटन प्रवर्धनका लागि काम गर्न मतदाताले घलेलाइ आग्रह गर्नुभएकाे छ ।
मतदाताभेटघाटको क्रममा चालिस गाउँको होमस्टे पुग्नुभएका धनबहादुर घले रुबीभ्याली गाउँपलिका को कपुरगाउँ, झाँक्री टोल, गुरुङ टोल, खादिङका नागरिकको समस्या, सुझाव संकलन गरिरहनु भएको नेकपा एमाले जिल्ला कमिटि उपसचिव झक्तबहादुर लामिछानेले बताउनुभयो ।