धादिङ ।
नेकपा एमाले धादिङ जिल्ला कमिटीको बैठकले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
बैठकले केन्द्रीय कमिटिमा निर्वाचित नेताहरूलाई सम्मानसमेत गरेको छ। सम्मानित हुनेमा केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कडेल, केन्द्रीय सदस्य डा. खेमप्रसाद लोहनी र भूमि त्रिपाठी रहेका छन्।
सम्मान कार्यक्रम जिल्ला कमिटीको बैठककै अवसरमा गरिएको नेकपा एमाले धादिङले जनाएको छ।
पार्टीको नीति, विचार र संगठन निर्माणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको नेकपा एमाले धादिङ जिल्ला कमिटीले जनाएको छ।