नेकपा एमाले धादिङमा प्रतिनिधिसभा उम्मेदवारका लागि १५ जनाकाे निवेदन दर्ता

नेकपा एमाले धादिङमा प्रतिनिधिसभा उम्मेदवारका लागि १५ जनाकाे निवेदन दर्ता

  • Kandara Samachar

  • शनिबार, पुस १९, २०८२

  • 276
    SHARES
नेकपा एमाले धादिङमा प्रतिनिधिसभा उम्मेदवारका लागि १५ जनाकाे निवेदन दर्ता
oplus_2

धादिङ

नेकपा एमाले धादिङका निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक नेताहरूले निवेदन दर्ता गराएका छन्।

नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा उम्मेदवारका लागि डा. खेम लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा. रामकुमार अधपकारी, चन्द्र रिजाल, उमेश थापा, कृष्णकुमारी थापा, शम्भु थापा र धनबहादुर घलेले निवेदन दिएका छन्।

यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को समन्वय कमिटी बैठकमा भुमि त्रिपाठी, कमला शर्मा, मिनराज कँडेल, दिपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया र कपिल अधिकारीले प्रतिनिधिसभा उम्मेदवारका लागि निवेदन पेश गरेका छन्।

पार्टीको विधान र निर्णयअनुसार निर्वाचन क्षेत्रीय समन्वय कमिटीले उम्मेदवारीका लागि निवेदन दिएका नेताहरूको नामावली जिल्ला कमिटीमा पठाउने जनाइएको छ। जिल्ला कमिटीले आवश्यक छलफल र मूल्यांकनपछि ती नामहरूलाई नेकपा एमाले केन्द्रीय कमिटीमा सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र उम्मेदवार छनोट प्रक्रिया तीव्र पारिएको नेकपा एमाले धादिङले जनाएको छ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar