अनलाइन मिडिया साेसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन

अनलाइन मिडिया साेसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन

  • Kandara Samachar

  • बिहिबार, पुस १७, २०८२

  • 223
    SHARES
अनलाइन मिडिया साेसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन

धादिङ

अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन हुनुभएको छ ।
बुधबार धादिङबेसीमा सम्पन्न प्रारम्भिक साधारण सभाले उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडालाई चयन गरेकाे छ ।
सदस्यहरूमा राम बहादुर ठकुरी (आशिष), सीता सापकोटा (शितल), दिपा लम्साल र गजेन्द्र गुरुङ चयन हुनुभएकाे छ ।
साेहि अबसरमा डिजिटल युगमा पत्रकारितालाई समयसापेक्ष, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन मिडिया सोसाइटी धादिङले रुवीभ्याली गाउँपालिकासँगको सहयोगमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयक एकदिने तालिम सम्पन्न गरेकाे छ ।

डिजिटल युगअनुसार समाचार उत्पादन, वितरण र व्यवस्थापनका विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो। तालिमलाई डिजिटल मिडिया प्रशिक्षक अनिल अधिकारी र डिआर आचार्यले सहजीकरण गर्नुभयाे।
कार्यक्रमको रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले तालिमकाे उद्घाटन गर्दै डिजिटल माध्यमको जिम्मेवार प्रयोग, तथ्यपरक पत्रकारिता र स्थानीय तहको विकासमा अनलाइन मिडियाको भूमिकाबारे चर्चा गर्नुभयाे ।
तालिममा सहभागी पत्रकारहरूलाई डिजिटल पत्रकारिता, सामग्री वितरणका प्रभावकारी तरिका, फोटो तथा भिडियो सम्पादन, सोसल मिडिया एल्गोरिदम, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग, तथ्य जाँच तथा डिजिटल सुरक्षा, गोपनीयता र मोनेटाइजेसन लगायतका विषयमा जानकारी गराइएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar