– सीताराम अधिकारी/धाादिङ ।
कििसानका सत्रु जीव र सत्रु किरा खाईदिने पर्यावरणकाे सहयाेगी कालाे टाउके बुलबुल चरा आहाराकाे कमीले हराउँदै गएकाे छ ।
किसानहरुले साथी मान्ने भएपनि खेतीपाती अत्याधिक विषाधी प्रयाेगले किटपतंग कमी हुँने गरेकाे छ भने यसले खाने ससाना फलफुलमा विषाधीकाे मात्रा धेरै हुँदा फलफुल खायर मर्ने गर्दा कालाे टाउके बुलबुल चरा जाेखिममा पर्दै गएकाे छ ।
कालाे टाउके बुलबुल चराले बीउ प्रसारककाे काम गरिरहेछ बन र बगैँचा पुनर्जीवनमा सहयोग पुर्याउँदै आएकाे किसानहरु बताउँछन् ।
बाली नोक्सान गर्ने किराफट्याङ्ग्रा खाइदिएर किसानका लागि प्राकृतिक कीटनाशक जस्तै काम गरिरहेकाे कालाे टाउके बुलबुल चराले जैविक सन्तुलन, खाद्य शृङ्खलाको लागि महत्वपूर्ण याेगदान गरिरहेकाे छ ।
कालाे टाउके बुलबुल चराकाे टाउको कालो र सानो कालो गाजल जस्ताे धर्सा, पछाडि प्रस्ट देखिने पहेंलो धब्बा, शरीर खैरो–हरियो जस्तो, पखेटामा सेतो धर्सा, पुच्छर कालो र टुप्पो सेतो हुन्छ ।
नेपालका मध्यपहाडी र तराई क्षेत्रमा प्रशस्त पाइन्छ । सामान्यतया समुद्री सतहदेखि करिब २ सय मिटरदेखि १ हजार ८ सय मिटरसम्ममा पाइने याे चरा हिमाली क्षेत्रमा भने पाइँदैन । नेपालमा तराईचुरे क्षेत्रमध्यपहाडी बस्ती, बगैँचा र वनछेउ, बगैँचा, खेतीबाली वरिपरि र बस्ती नजिक बस्न रुचाउँने भएकाेले पनि याे किसानकाे सहयाेगि मानिन्छ ।
कालाे टाउके बुलबुल चराले फलफूल, जामुन, किरा फट्याङ्ग्रा, साना कीरा र कहिलेकाहीँ फूलको रस पनि खाने गर्दछ ।
याे चरा प्रायजसाे जोड़ी वा सानो समूहमा देखिन्छ । बिहान र साँझतिर चिरबिर आवाज निकाल्ने तथा बगैँचा र खेतमा कीरा खाएर किसानका लागि उपयोगी चराकाे रुपमा परिचित छ ।
प्राकृतिक अवस्थामा औसत ८ देखि १२ वर्षसम्म बाँच्ने याे चरा सुरक्षित वातावरण र पर्याप्त आहार भएमा १२ वर्षभन्दा बढी पनि बाँच्ने चरा पर्यावरणीय क्षेत्रमा कार्यरत उत्तम कँडेल बताउनुहुन्छ । शिकारी, रोग र मानव हस्तक्षेपले आयु घट्ने गरेकाे पाइन्छ।
बासस्थान नष्ट हुँदा र अाहारा कमिहुँदा कालाे टाउके बुलबुल चरा हाम्रो खेतबारीबाट हराउन थालेकाे किसानहरुकाे अनुभव छ ।
कालाे टाउके बुलबुल चरा जलवायु परिवर्तनकाे असरले बासस्थान लेकतिर सर्दै जाने गरेकाे, समयमा वर्षा नहुँदा खानेकुराकाे कमि हुने गरेकाे र मानिसले गर्ने खेती प्रणालीमा परिवर्तन हुने र विषाधी प्रयाेग गर्ने गर्दा संकटउन्मुख भएकाे किसानहरुकाे अनुभव छ ।