
धादिङ ।
लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना कार्यक्रम संचालन गर्ने छ भने नागरिक सचेत भइ लागुऔषध निइन्त्रण, आत्महत्या नियन्त्रण र सवारी दुर्घटनामा कमी आउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले लागु औषध उत्पादन, वितरण, प्रयोग गर्नमा प्रतिबन्ध लगाउने र यसको प्रयोग, उत्पादन र वितरण गर्नेलाई कारबाही गरिने भएकोले लागु औषधबाट सुरक्षित रहन आग्रह गर्नुभयो । लागु औषध नियन्त्रणका लागि स्थानीय सरकारले शिक्षा, सचेतना, अभिमूखिकरण लगायतका कार्यक्रम योना बनाएर लागु गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो ।
लागु औषध नियन्त्रणका लागि अब पंडितहरुले सप्ताह, एकाहा लगाउँदा, चर्चमा पाष्टरहरुले सचेतना गरेर वा अन्य धर्मावलम्बीहरुले पनि सचेतना गराएर अभियानकै रुपमा अघिबढ्नु पर्नेमा जोड दिनुभयो ।
धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. गगन अधिकारीले आत्महत्या रोकथाम तथा मनोसामाजिक समस्याबारे प्रस्तुती गर्दै नसर्ने रोगको रुपमा रहेको मानसिक समस्या मदिारापान नगर्ने, शारिरिक रुपमा सक्रिय रहने, नुन र चिनिको मात्रा अत्यन्तै न्यून खाने, चुरोट खैनी सूर्ति नखाने र फलफुल र तरकारी प्रसस्त्र खाने गर्नुपर्ने बताउनुभयो ।
एक जनाले आत्महत्या गर्दा साधारणतया १ सय ३५ जनालाई असर पर्ने अध्यायनले देखाएकोले स्थानीय सरकारले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सचेतना अतथा उनिहरुको उपचार र समस्या समाधानका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपक्षिक दिपेन्द्र शाहीले सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी विषय प्रस्तुती गर्दै यस आर्थिक वर्षको बैशाख ३० गतेसम्म १ सय ७० ओटा सवारी दुर्घटना भएको धादिङ जिल्लामा २४ जनाले ज्यान गुमाएको र ४ सय १७ जना घाइते भएको उल्लेख गर्नुभयो ।
प्रहरी उपरिक्षक शाहीले २६ हजार ५ सय ओटा सवारी साधन धादिङ जिल्लामा हरेक दिन गुड्ने र एक जना ट्राफिक प्रहरीले ४ सय ३४ सवारी साधन हेर्नुपर्ने जानकारी दिँदै शाहीले सवारी दुर्घटना चलकको कारणले, सवारी साधनको कारणले, पैदलयात्रीको कारणले, सडकको कारणले र मौसमको कारणले हुने गरेको बताउनुभयो ।
स्थानीय जनतासंग सरोकार राख्ने स्थानीय सरकारले सवारी दुर्घटना न्यूकरणका लागि योजना निर्माण, कायृक्रम तय र बजेट समेत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सिद्धलेक गाउँपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षक, गाउँपालिका कर्मचारी लयागतको सहभागिता रहेको कार्यक्रममा सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले स्थानीय सरकार बजेट निर्माणको तयारीमा रहेकोले सवारी दुर्घटना न्यूनिकरण, लागु औषध रोकथामका कायृक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा वडा अध्यक्ष सानु गिरी, शम्भु गुरुङ, शिक्षक लालबहादुर विश्वकर्मा लगायतले सबै पक्षको सहयोग गर्न सके नागरिकलाई बचाउन सकिने बताउनुभयो ।