“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” विषयक बालअधिकार कविता प्रतियोगिता 

“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” विषयक बालअधिकार कविता प्रतियोगिता 

  • Kandara Samachar

  • सोमवार, बैशाख २९, २०८२

  • 145
    SHARES
“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” विषयक बालअधिकार कविता प्रतियोगिता 

धादिङ । 

गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका स्तरिय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको विशंम श्रेष्ठले बताउनु भयो।

“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” भन्ने मूलनारा रहेको कविता लेखन तथा वाचन प्रतियोगितामा वडा नं १ की रोजिना खतिवडा प्रथम, वडा नं ६ की सुचना अधिकारी द्वितिय र वडा नं २ का विजन श्रेष्ठ तृतिय भएका छन्।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजि तिवारीले पुरस्कार वितरण गर्नु भएको थियो ।

त्यसै गरी निर्णायकको भूमिका प्रमिला तिमल्सिना  र विपिन मल्ल गर्नु भएको थियो। प्रतियोगितामा पालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar