
धादिङ ।
रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ ।
आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ ।
रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो ।
आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक प्रअ मानमान तामाङले जानकारी दिनुभयाे ।
अज्ञात समुहद्वारा राति विद्यालयमा आगो लगाउनुका साथै डिजिटल बोर्ड र शाैचालयमा पनि क्षति पुर्याएको तामाङले बताउनुभयाे।