
धादिङ
धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत शिविरमा ४२ जनाले सेवा लिएका छन् ।
विषेशज्ञ डाक्टर उपलब्ध नभएका विषयमा जिल्लामै सेवा उपलब्ध गराउन अति विशिष्ठिकृत शिविर संचालन गरिएकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयाे ।
पेट, आन्द्रा र कलेजोको विषेशज्ञ सेवा अन्तरगत २६ जना परिक्षण स्वास्थ्य सेवा दिइएकाे छ ।
वालरोग विषेशन सर्जरी अन्तरगत ७ जनाले सेवा लिएका छन् ।
मस्तिकक तथा मेरुदण्ड विषेशज्ञ सर्जरी सेवाअन्तरगत ९ जनाले सेवा लिएका छन् ।
त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा कार्यरत बरिष्ठ पेट, आन्द्रा र कलेजो रोग विशेषज्ञ सर्जन डाक्टर जयन्त शाह Gastro surgeon र वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन डाक्टर दिनेश कोइराला, pediatric surgeon र वीर अस्पतालमा कार्यरत वरिष्ठ मस्तिष्क तथा मेरुदण्ड विशेषज्ञ सर्जन डाक्टर प्रनभ रेग्मी neurosurgeon द्वारा स्वास्थ्य परिक्षण सम्पन्न गरिएको थियाे ।