नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता

  • Kandara Samachar

  • बिहिबार, चैत्र २०, २०८१

  • 190
    SHARES
नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता

धादिङ

जनस्वास्थ्य कार्यालय धादिङ‌को आयोजनामा नसर्ने रोगको रोक‌थाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी जिल्लास्तरीय समन्वय समिति धादिङको बैठ‌क नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन गर्न सराेकारवालाहरुले ९ बुँधे प्रतिवद्धता गरेका छन् ।

 जिल्ला स्तरी बैठकमा  सहभागी सराेकारवालाहरुले रक्सी चुरोट र सुतीजन्य पदार्थ   नखानृ, नियमित योग ध्यान तथा व्यायम  गर्ने, स्वस्थ र पोषिलो खाना खाने,  नियमित स्वास्थ्य परीक्षण गराउँने, परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहने प्रतिवद्धता गरिएकाे छ ।

यसैगरि  परिवारको स्वास्थ्य बिमा गराउने, घर वरपर वातावरण सफा राख्ने, परिवारको ३० वर्ष माथिका महिलाहरुको स्तन क्यान्सर र पाठेघर मुखको क्यान्सरको परिक्षण गराउने र ट्राफिक नियम पालाना गर्ने प्रतिवद्धता  पत्रमा सराेकारवालाहरुले हस्ताक्षर गरेका हुन्

जिल्ला समन्वय समिति अध्यक्ष कुलमान विश्वकर्माकाे अध्यक्षतामा सम्पन्न बैठकमा गंगाजमुना गाउँ पालिका अध्यक्ष भक्त लामा, रुबीभ्याली गाउँ पालिका अध्यक्ष रामसिंह तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख विभु कुमार झा, धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी  लगायतकाे उपस्थिति थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar