अपांगता बालिका बलात्कार कसुरमा ११ वर्ष कैदगर्ने फैसला

अपांगता बालिका बलात्कार कसुरमा ११ वर्ष कैदगर्ने फैसला

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन २३, २०८१

  • 252
    SHARES
अपांगता बालिका बलात्कार कसुरमा ११ वर्ष कैदगर्ने फैसला

धादिङ
अपांगता भएकि १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला तार्केशवर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई बिहिवार  जिल्ला अदालत धादिङले ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।
बालात्कार कसुरमा १० वर्ष कैद र न्यून दृष्टि तथा न्यून सुनाइ (अपांगता) भएकि पीडित भएकोले थाप १ वर्ष कैद गर्ने फैसला जिल्ला न्यायधिस मनकुमारी वि.क. जिएमको इजलासले गरेको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
कसुरदार मजकोटीले गल्छी गाउँपालिका–८ मा बालिकालाइ ०८१ मंसिर २९ गते बलात्कार गरेपछि सोही मंसिर इलाका प्रहरी कार्यालय गजुरीमा मंसिर ३० गते उजुरी दिएको थियो । बालिकाको मंसिर ३० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भयो । कसुरदारलाई ३० गते गिरफ्तार गरि हिरासतमा राखेकोमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत पुस २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरि पुस २२ गतेदेखि कसुरदार पुरपक्षका लागि थुनामा थिए ।
जिल्ला न्ययधिस जिएमले कसुरदारलाई ११ वर्ष कैद, र ५ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गर्नुभएको छ भने पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गर्नुभएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar