
धादिङ ।
जिल्ला अदालत धादिङमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्यौट गरेको छ भने माघ मसान्तमा ४ सय ७३ मुद्दामात्र किनारा लाग्न बाँकी रहेको छ ।
जिल्ला अदालत धादिङमा माघ मसान्तमा एक वर्षको अवधीमा १ हजार ८३ मुद्दाको लगत रहेकोमा ६ सय १० मुद्दा फछ्र्यौट गरि धेरै मुद्दा फैसला गर्ने अदालतको रुपमा प्रस्तुत गरेको छ ।
लगतमुद्दा मध्ये यस जिल्लामा सम्बन्ध बिच्छेदका मात्र ३ सय ६४ मुद्दाको लगत रहेकोमा एक वर्षको अवधीमा २ सय ७ मुद्दा फैसला गरि १ सय ५७ मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालत धादिङका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अदालत धादिङले संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरि जिल्ला अदालतको सेवा प्रवाह, वर्षभरी गर्ने गरेका गतिविधि, अदालतमा परेका मुद्दाको स्थीतिका बारेमा जानकार िगराइएको थियो ।
जिल्ला अदालत धादिङमा प्रमुख न्यायधिस गोपाल प्रसाद वास्तोलालले अदालत सबैभन्दा बढी पारदर्शी रहेको बताउँदै न्याय महंगो छ भन्ने त्थय भएपनि अदालतभित्र भने न्याय महंगो नभएको बताउनुभयो ।
झुटोभित्रबाट न्याय दिनु चुनौतीपूर्ण भएपनि न्याधिसले आफूलाई जोखिममा राखेर न्याय दिनेगरेको वास्तोलाको भनाइ छ । जिल्ला अदालत धादिङले मेलमिलाप गराउनु पर्न मुद्दालाई मेलमिलाप केन्द्रमा पठाउने गरिएको छ तर एक वर्षको अवधीमा एउटामात्र मुद्दा मेलमिलाप भएको जिल्ला न्यायधिस वास्तोलाको भनाइ छ ।
कानून व्यवसायि नै मेलमिलाप कर्ता हुँदा मेलमिलापबाट मुद्दा टुङ्ग्याउँदा छिटो मुद्दा सकिने भएकोले मेलमिलापमा मुद्दाको किनारा लाग्न नसक्नेगरकोले कानून व्यवसायभन्दा छुट्टै स्वतन्त्र मानिस मेलमिलापकर्ता हुनुपर्ने जिल्ला न्ययधिस वास्तोलाको विचार छ ।
जिल्ला अदालत धादिङमा स्वचालित पेसी प्रणाली लागुभएपछि सजिलो भएको, छिटोछरितो न्याय दिनेगरि फैसला छिटो गरिएको र पुनरावेदनको पुरा अबसर उपलब्ध गराइएको बताउँदै वास्तोलाले वादी र प्रतिवादीलाई न्यायधिसको रोहबरमा समेत बयान लिएर नमुना न्याय दिने प्रयास गरको बताउनुभयो । धादिङमा मुद्दाको फैसला कार्यन्वयनको अवस्था भने कमजोर रहेको र यौन हिंसा पीडितको फैसला कार्यान्वयन चुनौतिपूर्ण रहेको पाइएको छ ।