सामुदायिक सुरक्षाका लागि पत्रकारको १० बुँदे घोषणापत्र

सामुदायिक सुरक्षाका लागि पत्रकारको १० बुँदे घोषणापत्र

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 71
    SHARES
सामुदायिक सुरक्षाका लागि पत्रकारको १० बुँदे घोषणापत्र

धादिङ ।

सामुदायिक सुरइाामा पत्रको महत्वपूर्ण भूमिका रहने भएकोले सामुदायिक सुरक्षाका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुले बिहिबार १० बुँदे घोषणापत्र जारी गरेका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको पाँचौं अधिवेशन र “सामुदायिक सुरक्षामा पत्रकारको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमबाट सामुदायिक सुरक्षाका सम्वन्धमा पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्ष, र जनचेतना अभिवृद्धि गर्दै समुदाय र सुरक्षा निकायबीच सेतुको रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
शान्ति सुरक्षा, सुव्यवस्था कायम गराउन सत्य र तथ्यमा आधारित सामुदायिक सुरक्षाका सवाल र मुद्दा उठान गर्ने, समुदायका सबै वर्ग र अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सुरक्षा र अधिकारका मुद्दालाई विशेष प्राथमिकता दिएर उजागर गर्ने, सामुदायिक द्वन्द्व समाधानका लागि सकारात्मक सूचना, सन्देश दिने, हिंसात्मक गतिविधिहरूलाई रोक्न सुरक्षासँग सम्बन्धित सबै सूचनाको विश्वसनीयता कायम गर्ने, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजसँग मिलेर सामुदायिक सुरक्षामा पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।
यसैगरि आदिवासी जनजाति पत्रकारहरुसहित अन्य पत्रकारहरुका लागि क्षमता अभिवृद्दि गर्न सामुदायिक सुरक्षालगायत विषयमा कार्यक्रम, तालिम र कार्यशालाहरू गर्ने,सामुदायिक सुरक्षा विषयमा अनुसन्धान रिपोर्ट, डकुमेन्ट्री र लेखहरू प्रकाशन गर्ने, सुरक्षा सम्बन्धी संकटका बेलामा सत्य, तथ्यपूर्ण र शीघ्र समाचार प्रवाहलाई सुनिश्चित गर्ने, सुरक्षासम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान खोज्न सरोकारवालासँग निरन्तर संवाद गर्ने घोषणा गर्दै सञ्चार माध्यमहरू र सरोकारवालाहरूलाई सामुदायिक सुरक्षाका लागि एकताबद्ध भएर अघिबढ्न आव्हान समेत गरेको छ ।
नागरिक आवाजको सहयोगमा फोकस नेपाल र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजाराम शर्माले सामाजिक रुपान्तरणमा टेवा पुर्याउन मानसिक, सामाजिक, भौतिक, राजनीतिक आर्थिक विषय सामाजिक सुरक्षाका विषय भएकोले संचारकर्मीहरुले समाचार यसलाई आधारमानेर गर्नुपर्ने बताउनुभयो ।
फानिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले वंचितिकरणमा परेका, सामाजिक र आर्थिक रुपमा पछाडी पारिएका दलित, जनजाती, अपांगता भएका, महिलाको सवाललाई उजागर गर्न आग्रह गर्नुभयो । संचारकर्मीहरु सत्यलाई आधारमानेर तथ्याहरु दिनका लागि लाग्न आग्रह गर्दै सकारात्मक रुपमा दोहोरो परिक्षण गरेर समाचार मार्फत पैरवी गर्नुपर्ने बताउनुभयो । दोहोरो परिक्षणबाट निष्पक्षता तर पीडितको पक्षमा लाग्न र मानवअधिकारका लागि कलम निरन्तर चलाउन संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले नागरिक समाजको अगुवाको रुपमा बौद्धिकतापूर्ण समाचारको माध्यामबाट सामुदायिक सुरक्षामा पत्रकारहरुले सघाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका सचिव काजी श्रेष्ठ, फोनिज बागमति प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठ, सल्लाहकार सरिता श्रेष्ठ, लगायतको आतिथ्य रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar