✍️ सीताराम अधिकारी (धादिङ) ।
२०४८ तिरकाे कुरा हाे । एकजना अग्लाे, माेटाे हातपाखुरा भएकाे, एकाट्टी खद्दरकाे झाेला भिरेका मानिस बैरेनी बजार अाउनुभयाे । म बैरेनीमा मामाहरुसंग बस्थेँ। मामाकाे किराना पसल थियाे । बिहान खाना बनाएर (मामाहरु दुईजना र म) खाना खायर विद्यालय जाने गरेकाे थिएँ । ती अग्लाे मानिस पनि खाना खानेगरि अाउनुभएकाे रहेछ । चारजनाका लागि खाना बनाएँ ।
खाना बनाउँदै गर्दा मलाई केही कुरा भनिरहनुभएकाे थियाे । “हेर केटा हामीले थाहा पाउनुपर्छ । जनताले हाम्राे देशकाे विका, सरकारकाे अाम्दानि गाविसले गर्ने काम थाहा पाउनु पर्छ । थाहा पाउनु हाम्राे हक हाे ।”
खाना खानेबेला भाे। उनलाई पहिला खाना पर्ने रहेछ । खाना खान अाउनुभयाे मलाई पनि विद्यालय जानू पर्ने थियाे खाना खुवाएँ दिएँ । खाना खाँदा खाँदा चारजनाकाे भात सकियाे दाल र तरकारी बाँकी भयाे ।मैले अलिकति दाल र तरकारि चिउरा खाएर विद्यालय गएँ । मामालाई भने ‘कि त्याे मान्छेले सबै खाना खायाे ।’ मामाले पछि खाना बनाएर खानुभयाे हाेला ।
विद्यालय गएपछि मलाई अर्काे दुख सुरु भाे । एकजनाले घरमा सबै खाना खाईदिएका थिए । त्यहि मानिसकाे कारण कुटाई खानपर्दा झन दुख लाग्याे ।
विद्यालयमा विष्णु हरि काेईराला शिक्षक हुनुहुन्थयाे उहाँकाे कक्षामा गएपछि सुरुमै के लेखेकाे भनेर लठ्ठीले हाने । बल्ल थाहा भयाे कि मेराे सर्टमा डटपेनले “थाहा” लेखिएकाे रहेछ । खाना बनाउदै गर्दा मेराे सर्टमा उहाँ अग्लाे मानिस (रुपचन्द्र विष्ट) ले नै लेख्नु भएकाे रहेछ ।
थाहा अान्दोलनमा अगुवा नेता तथा पहिलाे सुचनाकाे हकका प्रवर्ध्दक रुपचन्द्र विष्टले अाफुलाई सुचनाबारे सचेत गराएकाे त्याे दिन र हक्की स्वभावका जनताका नेताकाे २५ अाैँ स्मृति दिवसकाे शुभकामना ।