धादिङ ।
सबै वडामा मन्दिर, तिनछाँगे झरना, ताेपलाङ हाेमस्टे अनि रमणिय मनमाेहक दृश्यले भरिएकाे धुनीबेसि सम्भावना भएर पनि प्रचार अभावमा बत्तिमुनीकाे अध्याराे जस्तै छ ।
बागमति प्रदेशकाे पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गाेरखनाथ मन्दिर परिसरमा आयाेजना गरिएकाे साहित्यिक सम्मेलनमा यहाँकाे पर्यटन सम्भावनाबारे चर्चा गरियाे ।
कार्यक्रममा हित्य मार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि धेरैजसाे साहित्यकारहरुले कविता वाचन गर्नुभयाे ।
धुनिवेसीमा २०७२ पछि निर्माण भएकाे विजयपुर स्थित गाेरखनाथ मन्दिर, महृशनारायण मन्दिर, महेशनारायण गुफा, चमेरे गुफा, महालक्ष्मी मन्दिर, बच्छलादेबी मन्दिर, हनुमानढाेकामा फुलपाती लाने काेटा कालिका मन्दिर, कृष्ण मन्दिर, त्रिकुटेश्वर मन्दिर, भुवनेशवरी, कालीदेबि, सेतिदेबी अादी मन्दिरै मन्दिर भएकाे धुनिबेसि नगरपालिकामा घुम्न अाउन पर्यटकहरुलाई नगरप्रमुख बालकृष्ण अाचार्यले अनुराेध गर्नुभयाे ।
धादिङ मिडिया नेटवर्कले आयाेजना गरेकाे साहित्यिक सम्मेलनकाे बागमती प्रदेशकाे संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सहयाेग गरेकाे हाे ।
धादिङ जिल्ला र दाेलखा, ललितपुर, नुवाकाेटका साहित्यकारहरुकाे सहभागिता थियाे ।
काठमाडौबाट नजिक पर्ने तिनछाँगे झरना, ताेपलाङ हाेमस्टे, ताेपलाङ भ्यू टावर, महेशखाेला र सुन्दर फाट अनि धुनीबेसिबाट देखिने गणेश हिमाल, अन्नपुर्ण रेन्ज अादी मनमाेहक र अाकर्षक स्थल भएरपनि प्रचार प्रसारकाे अभावमा अाेझेलमा परेकाेले सबै मिलेर प्रवर्धन गर्न अाचार्यले अाग्रह गर्नुभयाे ।
धुनिबेसीकाे विकास बिस्तारै गर्दैअाएकाे अवस्थामा पर्यनटकाे बिकास गर्नुपर्ने साहित्यकारहरुले बताएका छन् ।
प्राध्यापक डा. माेहन तिमल्सिनाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार व्यंगकार नरनाथ लुईटेल, डा हरि सिलवाल, डा. नवराज लम्साल, डा. वलदेव अधिकारी, शिव घिमिरे, पुर्णिमा खरेल, सिर्जना अर्याल, उपेन्द्र लम्साल, कल्पना अधिकारी, रमेश अधिकारी लगायतले कविता तथा वयंग प्रस्तुत गर्नुभयाे ।
बागमति प्रदेशकाे पर्यटन विकास गर्नका लागि कविता तथा अन्य विधाबाट प्रवर्द्धन गर्नुपर्ने साहित्यकारहरुकाे भनाइ छ ।