साविक विजेता एपीएफलाई हराउदै संकटा आहा रारा गोल्डकपको फाइनलमा

साविक विजेता एपीएफलाई हराउदै संकटा आहा रारा गोल्डकपको फाइनलमा

  • Kandara Samachar

  • बुधबार, पुस २०, २०७९

  • 376
    SHARES
साविक विजेता एपीएफलाई हराउदै संकटा आहा रारा गोल्डकपको फाइनलमा

साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे।

नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गाेल गर्नै दुवैजना विदेशी खेलाडी हुन्। पोखरामा जारी २२ औं आहा रारा गोल्डकपको सेमीफाइनल खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलको ४२ औं मिनेटमा संकटाकै अर्का खेलाडी मेसुके ओलामाउले अर्को गोल गर्न सफल भए। त्यसैगरी, खेलको ६० औं मिनेटमा पुन: स्टेफन बिनोङले दोस्रो गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए।

खेलमा निकै आक्रमक बने पनि एपीएफका खेलाडीले भने पटक-पटक पाएको अवसर गुमाएका थिए। खेलको ७३ औं मिनेटमा हरि कार्की एपीएफका लागि पहिलो गोल गर्न सफल भएका थिए।

तर, ८५ औं मिनेटमा संकटाका खेलाडी मेसुकेले पुन: अर्को गोल गर्दै संकटाकाे ४-१ काे जित पक्का गरे।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar