बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

  • Kandara Samachar

  • बुधबार, अशोज २, २०८१

  • 347
    SHARES
बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

धादिङ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् ।
बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे छ ।
गिताका श्रीमान मलेखुक्षेत्रका होटलबाट हरेक दिन होटलमा फालिएका खानेकुरा बाल्टीहरुमा हालेर घर ल्याउने गर्नुहुन्छ । मंगुरलाई अाहारा खुवाएर पालिएकामधये ठुला १० बंगुर समेत विक्रिगर्न लायक भएका छन् ।
यसैगरि मिरा मगरको खोरमा अहिले ७ बुंगुर रहेकोमा ४ ओटा विक्रिका लागि तयारी रहेको छ । गतिलो आम्दानीको श्रोत बन्दै गएको बंगुर पालन व्यवसाय अहिले गाउँभर फैलिएपछि गाउँबासी यसलाई नै व्यवसायिक बनाउन चाहन्छन् ।
तल्लो गौँथलेमा बंगुर पालन गरिरहेका किसान अहिले २० घर रहेका छन् । उनिहरुको घरमा ३ देखि ५ ओटासम्म बंगुर विक्रिका लागि छन् । गिता मगरले बंगुंरको बच्चा उत्पादन गरेर विक्रि समेत गर्दै आउँदा धेरै मात्रामा उत्पादन भएको छ । अहिले गाउँमा १ सय ९ बंगुर बंगुर छ ।
०७९ सालमा छिटो आम्दानी गर्न सकिने के होला भनेर छलफल भयो । गाउँबासीले बंगुर पालन रोजे । सबै महिलाहरुको नेतृत्वमा गाउँमा ३१ घरलाई एकएक ओछटा बंगुर पालन गर्नका लागि डिएफपि टेक्सस अमेरिकाले सघायो । सबै घरलाई बंगुर बाडिएपछि अहिले बंगुर आम्दानीको श्राेत बनेकाे छ ।
एउटा एउटा हुने घरहरु त सबै छ तर यसबाट थप आम्दानी लिन सक्नेहरुले संख्या थप्दै अघि बढेकाले विदेशीको सानो सहयोग नै अहिले व्यवसायिकतातर्फ अघि बढेको गिता मगरको भनाइ छ ।
गाउँबासीको मेहनतले आम्दानीको श्रोतको रुपमा परिणत गर्दै स्थानीय बजारमा विक्रि गर्दै आएको बंगर पाललनलाई भने गाउँ सरकार, प्रदेश सरकारहरुले भने प्राविधिक सहयोग समेत दिन सकेका छैनन् ।
पशुपालन नै नगर्ने नेताहरुले समेत अनुदानको रकम खाएको खबर सुनेका गौँथलेका किसानहरु आफ्नो गाउँमा बंगुर पालन फस्टाउँदै गएकोले व्यवस्थीत खोर र प्राविधिक सहयोग पाए अझै उत्पादन बढाउने किसानहरुको भनाइ छ ।
एक धार्नी बंगुरको मासु १ हजार २ सयमा विक्रि हुन्छ ।
गाउँमा खुकुरा पालन थियो थोरबहुत आम्दानी गर्दै बोइलर कुखुरा पालन व्यवसाय सुरु भएको थियो । विक्रिका लागि बजार लगेको कुखुरा दुर्घटनामा सबै सखाप भए । गाउँका एक जनाले किनेको गाडी पनि बनाउन नसक्ने अवस्थामा पुुगेका किसानहरुले बंगुर पालन व्यवसाय बन्न थालेकोले सबै खुसी भएको गाउँबासीलाई सामाजिक र आत्म निर्भरको बाटोमा सहजीकरण गर्दै आउनुु भएका बमबहादुर मगरले बताउनुु भयो ।
प्रदेश सरकारले प्राविधिक प्रस्ताब माग्छ आफूहरुले नजानेको विषय जानेका मानिसहरुसंग आनुरोध गर्दा धेरै पैसा माग्ने र सूचना समेत नपाउने भएकोले वास्तविक किसानहरुसमक्ष प्रदेश सरकार आउन नसकेको मिरा मगरको भनाइ छ ।
गाउँपालिका सरकारका प्राविधिकलाई बंगुर पालनको विषयमा सोधखोज नै गर्न प्राविधिक नभेटिएको र गाउँपालिका सरकारले किसानको हितमा कार्यक्रम नै ल्याउन नसकेको गाउँबासीको भनाइ छ ।
किसानको माग सुनेर सरल र सहज तरिकाले बंगुर पालन गरिरहेका किसानलाई व्यवस्थतीत गोठ (खोर) र अनुदानको व्यवस्था गर्न किसानहरुको माग छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar