प्रेस चाैतारीका संस्थापक अध्यक्ष चालिसेकाे निधन

प्रेस चाैतारीका संस्थापक अध्यक्ष चालिसेकाे निधन

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ १७, २०८२

  • 178
    SHARES
प्रेस चाैतारीका संस्थापक अध्यक्ष चालिसेकाे निधन

काठमाडौं । 

प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो।

उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने  गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।

उनी गोरखापत्र दैनिकका पूर्वसम्पादक  समेत थिए ।  चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।

चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए ।

विजय चालिसे

विजय चालिसेको जन्म वि.सं. २००८ (ई.सं. १९५१) मा काठमाडौंमा भएको हो। उहाँ विगत धेरै वर्षदेखि निरन्तर रूपमा बालबालिकाका लागि कथा, उपन्यास, नाटकजस्ता विभिन्न साहित्यिक विधामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र हुनुहुन्छ।

‘हराएको मूर्ति’ (वि.सं. २०५६), ‘किसानबाट शिक्षा’ (वि.सं. २०५८), र ‘चटाकिको बँदाल’ (वि.सं. २०५९) उनका बालकथाका संग्रहहरू हुन्, जसबाट उहाँले बालबालिकालाई जीवन र संसारका विविध पक्षहरू सरल रूपमा प्रस्तुत गर्न प्रयास गर्नु भएको छ। उहाँका कथाहरू सरल भाषा, छोटा वाक्य र संवादमार्फत स्वाभाविक, सरल र रमाइलो शैलीमा लेखिएका हुन्छन्। ती कथाहरूमा सिधा उपदेश नहुन सक्छ, तर तिनीहरूले अप्रत्यक्ष रूपमा महत्वपूर्ण सन्देशहरू बोकेको पाइन्छ।

‘मंगल ग्रहको विज्ञान’ (वि.सं. २०६०) र ‘मुस्ताङको गुफा’ (वि.सं. २०६१) उनका वैज्ञानिक दृष्टिले महत्वपूर्ण उपन्यासहरू हुन्। पहिलो उपन्यासमा सौर्यमण्डलका ग्रह तथा अन्तरिक्षसम्बन्धी विभिन्न वैज्ञानिक खोजबारे जानकारी दिइएको छ। दोस्रो उपन्यासले प्राकृतिक सम्पदाबारे बालबालिकालाई जानकारी दिन्छ र सँगै बौद्धिकता तथा विवेक प्रयोग गरेर खराब क्रियाकलापमा संलग्न वयस्कहरूलाई समेत पराजित गर्न सकिने संकेत गर्दछ।

‘बदलका बुट्टाहरू’ (वि.सं. २०५२) चार नाटकहरूको सङ्ग्रह हो। यसका प्रारम्भिक दुई नाटकहरूले समयमै बालबालिकाको लुकेको प्रतिभा पहिचान गरिएमा तिनीहरू भविष्यमा असल र महान व्यक्तित्व बन्न सक्छन् भन्ने सन्देश दिन्छन्। पछिल्ला दुई नाटकहरूले लोभ र स्वार्थ गलत हो भन्ने चेतना फैलाउँछन्।

उहाँको एक मात्र जीवनी ‘सेवक प्रतिमूर्ति: दयाबिरसिंह कंसाकार’ (वि.सं. २०४५) हो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar