सवारी दुर्घटनाको भयावह तस्वीर ः वेवास्तामा पीडित

सवारी दुर्घटनाको भयावह तस्वीर ः वेवास्तामा पीडित

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 193
    SHARES
सवारी दुर्घटनाको भयावह तस्वीर ः वेवास्तामा पीडित

✍️ सीताराम अधिकारी/धादिङ

दुर्घटनामा मृत्युभएका परिवारले जिवन चलाउन कठिन भएको छ भने घाइते तथा अंगभंग भएकाको अवस्था नारकीय छ भन्दा फरक नपर्ला ।

माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा १७ हजार मानिस मारिए । युद्ध सकिएर संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि २० वर्ष भयो । अझै त्यतिखेरको घटना र घाइते तथा मृतक डले यहि अवधीमा सवारी नियम उल्लंघन परिवारलाई परिपूरण तथा अन्य न्यायकि प्रकृयामा काम भइरहेको छ ।

२०७२ को महाभुकम्पमा ८ हजारले ज्यान गुमाए । यसको चर्चा र उनिहरुको सहयोगका कार्यक्रम निरन्तर चलीरहेको छ ।   तर विगत ८ वर्षमा नेपालमा भएको सवारी दुर्घटनामा १९ हजार ३ सय ५८ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ ।

१ हजार ८mसय २८ बालबालिका, ३ हजार ६८ जना महिला र १४ हजार ४ सय ६२ जना पुरुषको मृत्युभएको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताउनुुभयो ।

विगत ८ वर्षमा २ हजार ७ सय २ मोटरसाइकल, ६४२ हजार ७ सय १७ कार जिप, १५ हजार ९ सय २१ बस, १७ हजार १ सय ५९ ट्रक टिप्पर गरि ७८ हजार ५ सय २१ सवारी दुर्घटना भएको छ ।

सवारी दुर्घटना हेदा अवस्था भयावह छ । ट्राफिक प्रहरीले कारबाही र केही सचेतना कार्यक्रम गरिरहेको भएनि पर्याप्त छैन । जसले गर्दा दुर्घटनाको कारण वर्षेनी मृत्युर अंगभंग हुने संख्या घट्न सकेको छैन ।

धादिड जिल्लामा ०८१ साउनदेखि ०८२ बैशाख ३० गतेसम्म १ सय ७० सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ बालिका, ५ महिला र १७ पुरुष गरि २४ जनाले ज्यान गुमाएका छन् भने ४ सय १७ जना घाइते भएका छन् ।

जिल्ला  ट्राफिक प्रहरी कार्यालय  धादिडले सवारी सवारी नियम उल्लंघन गरेको आरोपमा ६सय १ बस, २ हजार ७ सय ६८ ट्रक टिप्पर, ९२ ट्याक्टर, २ हजार ५ सय १८ कार, जिप, भ्यान, १ हजार ४ सय १० मोटरसाइकल गरि ७ हजार ५ सय ५५ सवारी साधनलाई कारबाही गरि ५९ लाख ९५ हजार ५ सय ५ राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरी सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने भन्दापनि उनिहरुलाई नियमन गर्नका लागि प्रयत्न गर्ने र आगामी दिनमा सवारी संचालन उल्लंघन नहोस भनेर गर्ने गरेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहमुख प्रहरी निरिक्षक सुरज श्रेष्ठले बताउनुुभयो ।

यसो त धादिड जिल्ला सवारी साधनको संचालनका हिसावले त्याधिक भएपनि नियमन गर्नका लागि प्रहरीको स.ख्या समेत अत्यन्तै कम छ ।

पृथ्वीराजमार्ग, त्रिभूवन राजपथ, कालुपाण्डे मार्ग लगायतका धेरै सवारी साधन संचालन  हुने राजमार्गहरु छन भने ग्रामीणभेगमा संचालन हुने ठूला साना सवारी साधनको चाप तेतिकै छ ।

धादिड जिल्लामा ठूला तथा मझौला सवारी ८ हजार, साना निजि कार ३ हजार, तरकार िकुखुरा अण्डा बोक्ने ५ सय, मोटरसाइकल स्कुटर १४ हजार ८ सय अन्य तिनपांग्रे २ सय गरि २६हजार ५ सय सवारी दैनिक रुपमा संचालन हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र साहीले जानकारी दिनुुभयो ।

जिल्लाको तथ्यांक हेदा एक जना ट्राफिक प्रहरीले दैनिक ४ सय ३४ सवारी साधन हेर्नुुपर्ने अवस्था रहेको छ ।

ट्राफिक नियम पालना गर्न,  सुरक्षित यात्रा गर्न ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ ।

(फाइल तस्वीर )


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar