नानु कार्की/ धादिङ ।
ढाका बुन्ने तान लगाइएर बुट्टेदार पछ्यौरीमा आफ्नो सिप भर्दै गर्नुभएका नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ की श्रुति तामाङ एकाग्र भएर धागोको रिललाई पछ्यौरमिा मिलाउँदै गर्नुभएको थियो ।
परिवारलाई काम गरेर खान सक्ने बन्छु भनेर सीप सिक्नु भएका तामाङतिन महिने ढाका बुनाइ तथा सिलाईकटाइ तालिमपछि ढाकाको धागोको बुटामा सीप भरेर विक्रि गर्न सक्ने हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ की कबिता सुनार व्यवसाय गर्ने रहरले तालिम पछि ढाकामा बुट्टा बनाउन मेहनत गर्दै हुनुहुनछ ।
उनिहरु मात्र होइन कटुन्जेमा ७ ओटा हस्तकलाका मेसिनमा तान लगाएर ढाकाका पछ्यौरा, खास्टो, लगायतका हस्तकला बनाउन व्यस्त देखिनुभएको थियो ।
ढाकाटोपी, पछ्यौरा, झोला, कुर्ता, सुर्बेथैली, साडी, आदी बनाउन लागि परेका ८ जना महिलाहरु पाविल साना किसान कृषि सहकारीको माथील्लो तलामा रातो धागोको तानमा आफूलाई समर्पित महिलाहरु सबै विदेश नगएर आफ्नै घर आँगनमा उद्यम गर्न लागि परेकोले उनिहरुको जाँगरलाई सहयोग गर्दै आएको रोयम नेपालले हाललाई उत्पादित सामाग्री खरिद गरेर बजार लगिदिने भनेको छ ।
रोयम नेपालले तिन महिने सिलाई कटाइ तथा ढाका बुनाइ तालिम दिएपछि दोश्रो चरणमा उत्पादनमा लागेकाहरुलाई हौसला दिनका लागि उत्पादित सामानको जिम्मा लिएको छ भने थप क्षमतावान बनाउन प्रशिक्षक नै राखेर सहयोग उपलब्ध गराएको छ ।
सामान्य खेतीपाती गरेर बसेका युवतीहरु बैदेसिक रोजगारमा नगइ गाउँमै केही गर्छु भनेर घरेलु उद्योगमा लागेपछि सो क्षेत्रमा प्रशंसा पाउन थालेका छन् ।