भैँसेगाैडा दुर्घटनामा १७ काे मृत्यु, २४ घाइतेकाे उद्धार

भैँसेगाैडा दुर्घटनामा १७ काे मृत्यु, २४ घाइतेकाे उद्धार

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ११, २०८२

  • 54
    SHARES
भैँसेगाैडा दुर्घटनामा १७ काे मृत्यु, २४ घाइतेकाे उद्धार

धादिङ

धादिङमा साेमाबार बिहान सवा १ बजेतिर भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गको  बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान  पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो। नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीले घटनास्थलबाट उद्धार गरेका छन् ।

सडकबाट त्रिसुली नदि किनारमा पल्टेर भएकाे दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयाे ।

मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar