धादिङमा अन्तर्क्रिया गरि उद्योग दिवस मनाइयाे

धादिङमा अन्तर्क्रिया गरि उद्योग दिवस मनाइयाे

  • Kandara Samachar

  • मङ्लबार, मंसिर १०, २०८२

  • 92
    SHARES
धादिङमा अन्तर्क्रिया गरि उद्योग दिवस मनाइयाे
oplus_0

धादिङ ।

 

धादिङमा  अन्तरक्रिया कार्यक्रम गरि एघारौं ११ औँ राष्ट्रिय उद्योग दिवस मनाइएकाे छ ।

उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना र धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न कार्यक्रममा उद्यमी, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानिय बुद्धिजीवी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरिले विभिन्न किसिमको सिपमुलक तथा उद्यमशिलता तालिमहरु कार्यालयले सन्चालन गर्दै आएको र त्यसबाट उद्योगी ब्यबसायीलाइ उद्योग ब्यबसाय गर्न केही टेवा पुगेको बताउनुभयो ।

तालिम लिए पस्चात केही ब्यक्तिहरु नयाँ उद्यम पनि गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । उद्योग तथा वाणिज्य कार्यालय धादिङमा करिब १६ हजार विभिन्न किसिमका उद्योग र करिब ५ हजार ५ सय  पसलहरु दर्ता रहेको उहाँले बताउनुभयो ।

उद्योग दर्ता भएअनुसार काम पाएर रोजगारीको सिर्जना हुन नसकेको भन्दै उनले स्थानीय सरकारसँग समन्वय गरेर उत्पादनमा समेत जोड दिनुपर्ने र युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर गराउने खालका कामहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले राज्यको कर नीति र अनुगमन नीति परिवर्तन गर्नु पर्ने बताउदै दोहोरो कर निति हटाउनु पर्नेमा जोड दिनु भयो । उद्यमीहरुले उद्यम गर्ने क्रममा विभिन्न चुनौतीहरु सामना गरिरहेको भन्दै कतिपय उद्यमीहरु उद्योगधन्दा बन्द गरेर विस्थापित हुनुपरेको उहाँको भनाइ थियो ।

औद्योगिक वातावरण नबनेसम्म देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने भन्दै औद्योगिक, व्यवसायिक वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायले आवश्यक रहेको र निजी क्षेत्र, स्थानीय तह एवं सबै सरोकारवालाहरुसँग सहकार्य गर्दै औद्योगिक वातावरण तयार गर्न उद्योग तथा वाणिज्य कार्यालयसगॅं सदैव समन्वय गर्न तयार रहेको बताउनुभयो ।
उद्योग दिवसकाे अबसरमा कार्यालयमा सेवा लिन आएकाे पहिलाे ३ जनालाई कार्यालयमा सम्मान गरिएकाे थियाे ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar