स्वतन्त्रताको पर्व तीज

स्वतन्त्रताको पर्व तीज

  • Kandara Samachar

  • शुक्रबार, भदौ २१, २०८१

  • 104
    SHARES
स्वतन्त्रताको पर्व तीज

✍️ गायत्री खतिवडा
हाम्रा पर्वहरुले हाम्रो अस्तित्व , प्रेम , सौहाद्र्ता र मानवधर्मलाई जिउँदो बनाइराख्छ । युग युगसम्म बचाइराखेको छ । एक आपसमा बाँधी राखेको छ । तीजलाई एकै हिसाबले होइन बहुआयामिक ढंगले हेर्नुपर्छ ।
सांस्कृतिक, सामाजिकसंगै स्वतन्त्रताको पर्व हो । बर्षभरी भोगेको दु:ख, पीडा, हाँसो , खुशी सबै तीजकै अवसर पारेर गाउने , नाच्ने र दु:ख बिर्सेर अर्को एक वर्षलाई शक्ति आर्जन गर्ने दिन हो ।
आज जमाना बदलियो । प्रबिधिले मान्छेलाई साँगुरो र एकात्मक बनायो । नाच्न, गाउन , हाँस्न तीज कुर्नु पर्दैन । घरपरिवार भेट्न र दु:ख सुख बाँड्न कुनै पर्व कुर्नु पर्दैन ।त्यसैले तपाईं हामीलाई लाग्छ यो बेकारको पर्व हो ।
तर तपाईंको / मेरो आमाहरुको युगमा तीजको यहि एक दिन नै दु:ख बाँड्ने र दुनियाँ भुलेर आफ्नो लागि बाँच्ने दिन थियो । छोरीले हाँस्न नहुने , ठुलो स्वरले बोल्न नहुने जमानामा नाच्ने र गाउँने कुरा त निकै परको कुरा थियो ।बर्ष भरी घरमा कुवाको भ्यागुतो जस्तो जिन्दगी बाँच्नुपर्ने आमाहरूको लागि माइत जान त अनुमती पाए जाने नत्र जान नपाउने अवस्था थियो । मेला, जात्रा भनेको कहिले जान पाउने ?
यस्तो अवस्थामा यहि एक दिन त हो दिदिबहिनी भेट हुन पाउने , दु:ख सुखका बात गर्न पाउने ! मनका वेदना खोल्न पाउने दिन ।
यहि तीज कहिले आउला र माइत जान पाउँला ? घरबाट उन्मुक्ति मिल्ला भनेर पर्खनुपर्थ्यो । त्यसैले हजारौं बर्षदेखी यसको महत्त्व छ ।
आज एक दिन नाच्ने ,गाउने , व्रत बस्ने र अर्को एक वर्षलाई उर्जा र शक्ति प्राप्त गर्ने दिन हो । समाजको निरंकुशता विरुद्ध बिद्रोहको प्रतीक हो । पहिचानको पर्व हो । हिंसा , शोषण र विभेद विरुद्ध बिगुल फुक्ने पर्व हो ।
संसारभर यस्ता अनेकौं धार्मिक पर्व, दिन र महिना छन् । आफ्नो सांस्कृतिक पहिचान अनुसार जो स्वास्थ्य , दिर्घायु र शान्तिको कामनामा व्रत बसिन्छ । एक अर्कामा प्रेम बाँडिन्छ । हाम्रो तीजलाई पनि समय अनुकुल परिमार्जन गर्दै जोगाएर लैजाउँ । सकारात्मक पाटोको प्रचार प्रसार गरौं ।🙏


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar