प्याब्सन बागमति प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता धादिङमा : इलेन मेमोरियल स्कुल प्रथम

प्याब्सन बागमति प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता धादिङमा : इलेन मेमोरियल स्कुल प्रथम

  • Kandara Samachar

  • शनिबार, फाल्गुन २, २०८२

  • 6
    SHARES
प्याब्सन बागमति प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता धादिङमा : इलेन मेमोरियल स्कुल प्रथम
oplus_2

धादिङ ।

निजी तथा आवासीय अर्गनाइजेसन नेपाल  (प्याब्सन) बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । संस्कृति तथा मौलिक लोक नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाबाट १९ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा  ईलेन मेमोरियल स्कुल, काठमाडौं प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्राइभेट प्याराडाइस सेकेन्डरी स्कुल, सिन्धुपाल्चोक द्वितीय र एडभान्स एकेडेमी, धादिङबेसी तृतीय भएका छन् ।

त्यसैगरी  सक्सेस एकेडेमी (धादिङ गल्छी चाैथाे र

चिल्ड्रेन पार्क बोर्डिङ स्कुल (धादिङ), त्रिस्टार एकेडेमी (भक्तपुर), लिन इन्टरनेसनल (काभ्रे) तथा मित्र सी पाठशाला (भक्तपुर) सान्त्वना भएका थिए।

विजेता विद्यालयहरूलाई नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रथम हुने विद्यालयलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १२ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा सहभागी विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम बागमती प्रदेश प्याब्सन अध्यक्ष मुरारी प्रकाश सन्जेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय प्याब्सनका उपाध्यक्ष किशोर गौतम सहभागी थिए ।

प्रतियोगितामा विद्यार्थीहरूले लेप्चा, थारु, मेन्दोमायाँ, मगर लगायत विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक पहिचान झल्किने लोक नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुतिका क्रममा भेषभूषा, गरगहना, चालचलन, मान्यता तथा किम्बदन्तीमा आधारित तत्कालीन सामाजिक परिवेश झल्किने गरी जीवन्त प्रस्तुति दिइएको थियो ।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सांस्कृतिक विविधताको प्रभावकारी प्रस्तुतीले कार्यक्रमलाई भव्य तथा अर्थपूर्ण बनाएको आयोजक समितिका विनाेदमान श्रेष्ठले बताउनुभयाे ।

प्रतियोगिताले नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति सम्मान र संरक्षणको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar