✍️ हरि खनाल
धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले कान, नाक र घाँटीमा लगाएको सुनसँग परिचित भइएकाले पनि होला शब्द मनपरेको । माध्यमिक कक्षातिर अध्ययन गर्ने भएपछि मात्रै मष्तिष्क तर्ङ्गित हुनथाल्यो । के त्यहाँ सुनको खानी छ ? तर थप सोचिएन । पछिल्ला समयमा यस विषयमा चासो राख्न थालियो । राष्ट्रसेवाको सिलसिलामा धादिङ पुगियो । त्यसै सन्दर्भले जुरायो सुनखानी भ्रमण । तात्कालिक सुनखानी निमाविमा शिक्षक हुनुहुन्थ्यो होमबहादुर आचार्य । उहाँले सिकाइ गर्ने विद्यालयमा पुगेको बेला मैले नै उहाँसँग जिज्ञासा राखेको थिएँ यो गाउँलाई किन सुनखानी भनेको सर ?
होम गुरुले एउटा किँबदन्ति सुनाउनुभयो, यहाँ एक ठाउँमा पोखरी छ । त्यहाँ पहिले सिटौला थरका व्राह्मणले दिनहुँ नागको पुजा गर्थे रे । नाग पूजा गर्ने बेलामा पोखरीको वा दुलोको भित्रबाट आउँथे रे । पूजा सकिएपछि जाने बेलामा सुनको सानो टुक्रा छोडेर जान्थे अरे । अनि किसान खुसी हुँदै लैजान्थे रे । एक बिहान सिटौला बुढा काम विशेषले अन्यत्र जानुपर्ने भयो । छोरालाई पठाएछन् । सधैँजसो छोरोले पूजा ग¥यो । नागराज आए र सुनको सानो अंश छोडे । छोरालाई लोभ लाग्यो । यसको शरीरभरि सुनैसुन छ जस्तो छ । सानो टुक्रा छोड्छ जान्छ । यसको पूरै शरीर नियन्त्रणमा लिन पाए त एकैचोटीमा सबै सुन निकाल्न पाइन्छ । उसले सोच्यो र नाग फर्केर दुलोभित्र जान लागेको बेलामा केटोले कोदालो प्रहार ग¥यो । कोदालोले पछिल्तिरको पुच्छर भाग काट्यो । काटिएको भाग छोडेर नागराज भित्र पसे । केटोेले केही भेटेन बरु उहीँ मूच्र्छा प¥यो । त्यस रात सपनामा नागराजले मूल पूजारीलाई भने ‘अब तिमीले आफ्नो छोरा बितेको बिर्सने छैनो जसरी म पुच्छर काटिएको बिर्सने छैन । म अब दुष्टको नजिक हुनेछैन ।’ गुरु होमबहादुर आचार्यले भन्दै जानुभयो । शायद पोखरीमुनितिर सुनको खानी थियो र नागले त्यहीँबाट सुन ल्याउँथ्यो होला वा नागको शरीर नै सुनको खानी हो जहाँबाट सुन निस्किन्छ भन्ने धारणा स्थानीयबासीहरूमा पर्न थाल्यो । विस्तारै त्यो ठाउँलाई नै सुनखानी भन्न थालियो होला । होम आचार्यले आफ्नो बुबासँग सुनेका कुरा थिए ती ।
होमबहादुर गुरुसँग कुराकानी भएको चौबीस वर्ष बितिसकेछ । यसबीचमा सुनखानी धेरै पटक पुगेको थिएँ । सुनखानीभित्रका अरू कुरामा जानकारी खोजियो तर नामकै बारेमा थप खोजिएन । दुई दशकपछि पुनः यात्रा सोझियो सुनखानी काउलेतिर ।
यसपटक यात्रामा मौसमको हिसाबले उपयुक्त थिएन । असार पन्ध्रको झरी बिहानैदेखि नै अविराम थियो । इच्छाशक्तिलाई आँधी हुरी झरीले किन रोक्थ्यो र ? हामी छाताको सहारामा त्यो सुनखानी नाम दिने पोखरीतर्पm लाग्यौँ । मलाई पथप्रदर्शन गर्दैहुनुहुन्थ्यो गुरु होमबहादुर आचार्य ।
खेतको बीच भागतिर एउटा पोखरीको आकृति थियो । खेतका गह्रा माथि थिए पोखरी अलि गहिरो । आपूmले हिलो नखेले पनि जुत्ताले भने मजैले हिलोसँग लाप्पा खेल्दै गए । हामी पोखरीकै डिलमा पुग्यौँ ्अर्थात् सुनकै खानीमाथि । त्यसै पोखरीको आसपास खेत भएका मनराज अर्याल भेटिनुभयो । उहाँ आली काटिरहनुभएको रहेछ । होम आचार्यले पोखरीको छेउमा बोलाउनुभयो । पानी परिरहेकै थियो । पानीका थोपा क्यामराका लेन्समा टप्किएका थिए तथापि एक दुई मधुरा छविचित्र खिचियो । मनराजले आरम्भमा नागका पूजक सुयँल थिए भनेर सुनेको छु भन्नुभयो भने होम गुरुले सिटौला ।
अवलोकन गर्दा पोखरी देखिएन तर कुनामा पानी भने थियो । पोखरीको संरचना स्पष्ट देखियो । शायद पानी छिरेर गइरहेकाले पनि हुनसक्छ वा पानीको स्रोतलाई बोरिङले घटाएको पनि हुनसक्छ । ‘अब बर्खामाचाहिँ यो पोखरी भरिन्छ ।’ मनराजले भन्नुभयो । पोखरीको बीच भागमा एउटा औराखको मुढो गाडिएको देखियो । ‘यो के हो ?’ मैले प्रश्न सोझ्याइहालेँ । होमगुरुले मौलो भन्नुभयो । नागलाई बली त दिइन्न । किन ? जवाफ पाइएन बरु भनियो पहिले पनि थियो रे । पहिलेको काठ गलेर ढलेपछि नयाँले प्रतिस्थापन गरेको रे ।
सुनखानीको नामदाता पोखरीको अवलोकन त भयो तर मनराजले सिटौलाको ठाउँमा सुयँल प्रतिस्थापन गरिदिनुभएपछि दुविधा बाँकी रह्यो । यसलाई हटाउने एउटै उपाय थियो मनराजकै दाजुसँगको संवाद । उमेरको हिसाबले मधु अर्याल जेठो भएकाले बाबुसँग सुनेका कुरा उहाँको मष्तिष्कमा अझ गाडा होला भन्ने अनुमान रह्यो । ठाकुररमन आचार्यको सहयोगमा मधुसुदन अर्यालसँग दूरभासबाट परामर्श भयो । मधुसुदनले सिटौला नै पूजारी भएको कुरा बुबाबाट सुनेको भनेपछि होमबहादुर आचार्यको मतसँग एकाकार हुन सहज भयो ।
दोलखा सुनखानी
धादिङ सुनखानीको रोचक किँवदन्ति र स्थान स्पर्शले दोलखा, सिन्धुपाल्चोक र नुवाकोटको सुनखानी पनि सम्झायो । सुनखानी नाम गरेका स्थान मुलुकका अरू जिल्लामा पनि हुनसक्छन् । दोलखाको सुनखानीका विषयमा दोलखाकै वासिन्दा हाल राष्ट्रसेवाबाट निवृत्त जीवन बिताइरहनुभएका दिलकृष्ण आचार्यसँगको साक्षात्कारपछि केही जानकारी भयो । उहाँका कुरा सुनेपछि धादिङ र दोलखाका सुनखानीको कथाको चुरोमा समानता भेटियो । दिलकृष्णज्यूको भनाइअनुसार आरम्भमा शिवाकोटीका पुर्खा शैलुङ हुँदै दोलखा प्रवेश गरे र हाल सुनखानीमै पर्ने छपर्कु भन्ने ठाउँमा छाप्रो हालेर बसे । पँधेरोमा नागपूजा गर्ने आम नेपाली परम्परा नै हो । नागलाई वर्षाका देवतासँग जोड्ने हाम्रो संस्कृति नै रहेको छ । त्यहाँ पनि शिवाकोटीका कुनै पुस्ताका व्यक्तिलाई नागले सपनामा पूजा गरे कल्याण गर्छु भनेपछि नाग पूजा गर्ने सिलसिला शुरुभयो । उनीहरूले पँधेरोलाई पनि व्यवस्थित बनाए । ढुङ्गेधारा निर्माण भयो । सोही ढुङ्गेधारोको पँधेरो सुनपँधेरोको रुपमा रुपान्तरण भयो जब त्यहाँ नाग पूजा गर्नेले नागबाट सुनका केही अंश पाउन थाले । आचार्यज्यूले पुर्खासँग सुनेअनुसार नागले दिने सुन आजभोलि मापन गरिने झण्डै एक तोला बराबरको हुने गथ्र्यो अरे । धादिङ सुनखानीमा जस्तै घटना घट्यो त्यहाँ पनि । नागको पूजा गरेपछि नागले अलिकति सुन छोडेर जाने । नित्य पूजा गर्ने बाबु कारणबश अन्यत्र जानुपर्ने भएपछि छोरालाई पठाइयो नागपूजा गर्न ।

ठ्याक्कै धादिङ सुनखानीमा जस्तै । छोरालाई लोभ ज्यादा लाग्यो । यस्तो सर्प जसले एक टुक्रा सुन दिन्छ भने यसको शरीरभित्र त सुन बाहेक के होला र ? सोच्दा सोच्दै उनले नागलाई पछिल्तिरबाट आक्रमण गरेर मारे । धादिङको सुनखानीमा नागले पुच्छर मात्र गुमाएका थिए तर दोलखा सुनखानीमा भने नागले शरीर नै गुमाएछन् । मरेको नागको शरीरभित्र जति खोजे पनि सुन भेटिएन । त्यो हत्या निराशा र पश्चातापमा परिणत भयो । तात्कालिक शिवाकोटी परिवारमा अनिष्ट भयो । सपनामा नागराजले बाबु शिवाकोटीलाई हाल सुनाए र आपूm त्यहाँ नरहेको जानकारी गराए ।
बस् सुनपँधेरो लोकबोलीमा सुनको खानी भएको र सर्पले सुनदिने ठाउँ भन्दै भन्दै सुनखानी रह्यो जसरी धादिङ सुनपोखरी सुनखानी भयो ।
सिन्धुपाल्चोक र नुवाकोटको सुनखानी

हुन त सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा संघीय संरचनाअघि सुनखानी गाउँविकास समिति नै थियो । हाल सिन्धुपाल्चोकको सुनखानी गाविस सुनकोशी गाउँपालिकाभित्र र नुवाकोटको शिवपुरी गाउँपालिकाभित्र समाहित छ ।
सिन्धुपाल्चोकको ठाउँको नाम सुनखानी हुनुसँग धादिङ र दोलखाको जस्तो किँवदन्ति छैन । राजन थामीले आफ्नो स्नातकोत्तर तहको शोधपत्र ‘सिन्धुपाल्चोकको सुनखानीका थामी जातिको सामाजिक–सांस्कृतिक तथा शैक्षिक अवस्था विषयक’ शोधपत्र २०७१(पृथ्वीनारायण क्याम्पस) लेखनको क्रममा सिन्धुपाल्चोकको सुनखानीको लखनडाँडा भन्ने स्थानमा सुनका पत्रहरू भेटिएपछि त्यहाँ सुनखानी भएको विश्वासमा लोकले सुनखानी भनेको कुरा उल्लेख गर्नुभएको छ । नुवाकोटको सुनखानी भने धादिङ, सिन्धुपाल्चोक र दोलखाकोभन्दा पनि पृथक कारणबाट प्रचलित भएको रहेछ । बाल्यकालीन जीवन धादिङमा बिताएका र पछि नुवाकोटको विदुर ४ र हाल काठमाडौँ निवासी लेखक तथा बौद्घिक व्यक्तित्व देवराज सिंखडाका अनुसार नुवाकोटको सुनखानीचाहिँ तामाङ भाषाको सुनबाट विकास भएको मानिन्छ । तामाङबहुल बसोबास भएको उक्त स्थान धानका लागि प्रशिद्घ रहेको र तामाङ भाषामा सुन भनेको धान भएकाले धेरै धान हुने अर्थात् सुन धेरै फल्ने ठाउँ, सुनको खानी ठाउँ भन्दा भन्दै सुनखानी भएको कुरा आफ्नो खोजबाट जानकारी भएको कुरा सिँखडाले यस लेखकलाई जानकारी गराउनुभयो । जे होस् कुनै पनि स्थानको नामाकरणसँग इतिहास वा किँवदन्ति जोडिएको हुन्छ । वर्तमान पुस्ताले वास्ता गरेन भने त्यस्ता ठाउँको नाम अपभ्रंस भई बिग्रिन पनि सक्छ । तर त्यसको उत्पत्ति खोजियो भने मौलिकपन कायम रहन्छ ।

दोलखामा सुनखानी नाम दिने सुनपँधेरो तीनओटा ढुङ्गेधारासँगै जीवित छ । धादिङको नागपोखरी भने अब हो कि होइन भन्ने अवस्थामा पुग्न लागिसकेको रहेछ । यसलाई सुकेपोखरी बन्नबाट रोक्नुपर्छ । पोखरीको कुनामा पानी देखिन्छ भने पोखरीलाई उद्घार गरेर पानी रहिरहने बनाउन धेरै मेहनत गर्नुपर्दैन । त्यसो गरियो भने यो दर्शनीय स्थल बन्नेछ । जलमुखी गाउँपालिका (ज्वालामुखी ?) ऐतिहासिक र धार्मिक कुरामा निकै समृद्घ रहेको देखिन्छ । यता जलमुखी र जलमुखी कुवा अनि सँगै जस्तो सुनपोखरी । उता लगभग ४०० वर्ष पुरानो अनकन्येदेवी । पुर्खाहरूले मेलापर्व चलाएका चित्रेकालीका, वराहकालिका, उत्पत्तिको सुन्दर किँवदन्ती र गाथा बोकेकी ढोलामण्डली अनि मैदीकोट दरवार । यी सबै कुराको संरक्षण, सम्बद्र्घन र प्रचार प्रशार गर्न सकियो भने धार्मिक तथा सांस्कृतिक पर्यटनले यस क्षेत्रलाई थप समुन्नत बनाउने छ ।
(लेखक धादिङ सुनखानीको अध्ययनमा सहयोग गर्ने माथि उल्लेख गरिएका महानुभावहरु, दोलखाका दिलकृष्ण आचार्यज्यू र लेखक देवराज सिँखडाज्यूप्रति आभारी छ ।)