पाँचधारे दुधनाथ मन्दिर क्षेत्रमा जिल्लाकाे पहिलाे नक्षत्र वाटिका

पाँचधारे दुधनाथ मन्दिर क्षेत्रमा जिल्लाकाे पहिलाे नक्षत्र वाटिका

  • सीताराम अधिकारी

  • सोमवार, भदौ ३१, २०८१

  • 47
    SHARES
पाँचधारे दुधनाथ मन्दिर क्षेत्रमा जिल्लाकाे पहिलाे नक्षत्र वाटिका
module:8facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 123.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

धादिङ

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार, पाँचधारे महादेब दुधनाथ मन्दीर परिसरमा सोमबार नक्षत्रबाटीका निर्माणका लागि नक्षत्र वृक्षरोपण गरिएको छ ।
चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ । २७ नक्षत्रका छुट्टाछुट्टै बिरुवा छन् ।
औषधीय गुण भएका २७ नक्षत्रका २७ किसिमका वृक्ष रोपेर जिल्लामा पहिलो नक्षत्र बाटिका स्थापना गरिएको डिभिजन बन कार्यालयका प्रमुख विष्णु आचार्यले बताउनुभयो ।
जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देबराज धरेलले धार्मिक रुपले मात्र नभइ मानिस र रुखबिरुवाको जिवनको सम्बन्ध रहेको नक्षत्र बाटिका बनाएर अझै विकसित गरिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले वृक्षारोणपछि संरक्षण समूदायले गर्न सके यसले पर्यटकीय रुप लिने बताउँदै भविश्यका लागि प्रकृति बचाउन आग्रह गर्नुभयो ।
श्रीवास कृष्णदास ब्रम्हचारीले सूर्यको प्रकाशले नक्षत्रमा पर्दा के प्रभाव पार्छ भन्ने विषयलाई आधार मानेर ज्योतिस शास्त्र अनुसार नक्षत्र बाटिका बनाइएको र यसलाई पवित्र धार्मिक भूमिको रुपमा विकास गर्नका लागि सल्यानटारबासी लाग्नुपर्ने बताउनुभयो । मानिस, संस्कृिित र धर्मसंग प्रकृतिलाई जोडेर मानिसको जिवन खोज्नका लागि वृहत रुपमा नक्षत्र बाटिकाले महत्व राख्ने बताउनुभयो ।
ज्योतिष शास्त्र अनुसार २७ नक्षत्रमा पर्ने केरा, अमला, समी, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत,कटहर, कदम, आँप महुवा, नीमका वृक्षलाई ज्योतिससास्त्रले निर्धारण गरेको स्थानमा रहेको गोलो घेरामा रोपिएको छ । आचार्यका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रहरुलाई आधार मानेर ग्रह र राशीका समेत विरुवा रोप्ने वातावरण बनाएमा नेपालकै पहिलो धार्मिक र उत्कृष्ठ वाठिका बन्ने दावी आचार्यको छ ।
गाउँका मानिसहरु शंखध्वनी, पंचेबाजा र नेवारी संस्कृतिको धिमे बाजा बजाएर पानधारे महादेव दुधनाथ मन्दीर संरक्षण समितिले परिसरमा संरक्षणको समेत जिम्मा लिएपछि लगन जुराएएर विरुवा रोपिएको हो । दुधनाथ मन्दीरमा बालाचतुर्दसी, शिवरात्री र माघेसंक्रान्तीमा मेला समेत लाग्ने गरेकोले आगामी दिनमा धार्मिक पर्यटकीय र ऐतिहासिक रुपमा समेत महत्व बढेको रानीपौवा माविका शिक्षक ठानप्रसाद बसौलाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar