कृष्णले शिर काटेपछि लाखे नाच समापन

कृष्णले शिर काटेपछि लाखे नाच समापन

  • Kandara Samachar

  • शनिबार, भदौ २२, २०८१

  • 133
    SHARES
कृष्णले शिर काटेपछि लाखे नाच समापन

धादिङ ।

धादिङबेसीका नेवार समुदायले गाई जात्रा तथा रक्षाबन्दनको दिनदेखि शुरु गरेको लाखे जात्रा (लाखेनाच) को आज शनिवार विधिवत रुपमा समापन भएको हो ।
मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु गरिएको थियो ।
हरेक वर्ष जनैपूर्णीमा (रक्षाबन्धन)को दिन दिखी तिजको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रा शनिबार सकिएको हाे ।
भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई शिर छेदन गरि बध गरेसँगै अन्त्य भएको हो ।
भगवान श्रीकृष्णले भयंकर राक्षसी भुतलाई बासुरी बजाएर मायाँजालमा पारेर बध गरिएपछि लाखे मारिएकाे विस्वास गरिन्छ । राक्षसले जनतालाई दुख नदेओस् भनेर लाखे जात्रा निकालेर यसकाे अन्त्य हरेक वर्ष गर्ने गरिन्छ ।
झिंगु नेवाः समाज धादिङको अगुवाईमा शुरु भएको जात्राको आज शनिवार लाखे मारेर समापन गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिविम्बको रुपमा परिचित लाखे नाच परिचित छ । विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, सांस्कृतिक पहिचान हो ।
लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।विर्सजन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद वितरण गरिएको छ । अन्य समयमा रोक लगाइएको तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुन समेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् । लाखे निकाल्ने दिनदेखि लाखे विसर्जनका विचमा गाइजात्रा, रोपाइ जात्रा, इन्द्र जात्रा लगायतका पर्वहरु मनाइएको हो ।
लाखेकाे सांस्कृतिक महत्व
राजा गुणकाम देवको पाला देखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पाला देखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ । काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।
लाखे नाचको विशेषता
लाखे नाच लाखे जात्राको प्रमुख आकर्षण हो। यो नाचमा सहभागी पात्रले राक्षसको रूप धारण गर्छन्। जसका लागि ठूलो र डरलाग्दो मुखुण्डो, रातो वा कालो रङको विशेष पोशाक, र विशाल आकारका माला तथा अन्य आभूषण प्रयोग गरिन्छ। लाखेले गरेको आक्रामक नाचका माध्यमबाट दुष्ट शक्तिहरूलाई परास्त गरिन्छ भन्ने मान्यता छ।
लाखे नाचको विशेषता भनेको यसको भव्य र अद्वितीय प्रस्तुति हो। लाखे पात्रले गाउँको भित्रिभागसम्म हिँड्दै मानिससँग आन्तरिक संवाद गर्दै डर र उत्सुकता उत्पन्न गराउँछ। लाखेको नृत्य शैली आक्रामक, उत्तेजित र निकै गतिशील हुन्छ, जसले जात्रामा एक अलग र रहस्यमय माहौल सिर्जना गर्छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar