एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

  • Kandara Samachar

  • शुक्रबार, भदौ १४, २०८१

  • 169
    SHARES
एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंशको रुपमा यसलाई हेरिएको छ ।

 

अर्थ मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण,एमसिसी तथा एमसिए–नेपालका उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारणलाइन निर्माण हुनेछ । २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजना १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar