अमेरिकनहरू जुलाई-४ तारिख धूमधामको साथ मनाउँदै

अमेरिकनहरू जुलाई-४ तारिख धूमधामको साथ मनाउँदै

  • Kandara Samachar

  • बिहिबार, असार २१, २०८१

  • 334
    SHARES
अमेरिकनहरू जुलाई-४ तारिख धूमधामको साथ मनाउँदै

 

 

अङ्ग्रेजी महिना अनुसार आज बिहिबार जुलाई ४ तारिख २०२४, आजको दिन अमेरिकनहरुले २४८ औ वार्षिक उत्सव  मनाइरहेका छन् अमेरिकनहरूको लागि यो वर्षको सबैभन्दा ठूलो उत्सव हो। यस दिन अमेरिकामा सार्वजनिक बिदा समेत दिने गरिन्छ।

जुलाई ४ तारिखको दिनलाई स्वतन्त्रता दिवस पनि भनिन्छ। सन् १७७६ जुलाई ४ मा दोस्रो महाद्वीपीय कांग्रेसद्वारा स्वतन्त्रताको घोषणाको अनुमोदन सर्वसम्मत पारित भएको थियो। यस महत्त्वपूर्ण सन्धिमा हस्ताक्षर सँगसँगै अमेरिकी उपनिवेशहरू औपचारिक रुपमा ग्रेट ब्रिटेनबाट विभाजित भई अमेरिकी सार्वभौमसत्ता स्थापना गरिएको थियो। 

यो एक राष्ट्रप्रेमले  भरिपूर्ण उत्सव पनि हो। आजको दिन मानिसहरु रातो निलो सेतो रङका पहिरनहरु लगाएर बाहिर निस्कने गर्छन्। यसको साथसाथै साथीभाई, परिवार,आफन्तजनहरू भेटघाट गरेर बार्बिक्यू, पिकनिक,  आतिसवादी प्रदर्शनहरु गरेर यो उत्सवलाई धुमधामसँग मनाउने गर्छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar