नेवा:देय दवुको ८ औं राष्ट्रिय अधिवेशनबाट धादिङका बासु श्रेष्ठ उपमहासचिवमा निर्वाचित, अध्यक्षमा रश्मिला प्रजापति निर्विरोध

नेवा:देय दवुको ८ औं राष्ट्रिय अधिवेशनबाट धादिङका बासु श्रेष्ठ उपमहासचिवमा निर्वाचित, अध्यक्षमा रश्मिला प्रजापति निर्विरोध

  • Kandara Samachar

  • बुधबार, चैत्र २५, २०८२

  • 53
    SHARES
नेवा:देय दवुको ८ औं राष्ट्रिय अधिवेशनबाट धादिङका बासु श्रेष्ठ उपमहासचिवमा निर्वाचित,  अध्यक्षमा रश्मिला प्रजापति निर्विरोध

धादिङ

नेवार समुदायहरुको राष्ट्रिय संगठन नेवा:देय दवुको ८औं राष्ट्रिय महाधिवेशन काठमाडौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । चैत्र २१ र २२ गते भएको सो कार्यक्रम नवलपुरमा स्थगित भए पछि काठमाडौ भएको हो । नवलपुरमा २०८२ जेष्ठ २,३र ४ गते भएको कार्यक्रम प्रतिनिधि विवादलाई लिएर अदालतमा जाहेरीपछि स्थगित हुदा २०८२ चैत्र २१ गते मनोनयन दर्ता गरि २२ गते निर्वाचन भएको हो । देश भर ६८ जिल्लाका ४ सय ७७ प्रतिनिधिहरु मध्ये ३ सय २९ प्रतिनिधि निर्वाचनमा सहभागी थिए ।

नेवा: देय दवु अध्यक्ष रश्मिला प्रजापति निर्विरोध निर्वाचित भए ।

महाधिवेशनले धादिङका बासु श्रेष्ठलाई उपमहासचिवमा निर्वाचित गरेकाे छ ।

बासु श्रेष्ठले १ सय १६ मतले बिजयी हुदा प्रतिद्वन्दी उपेन्द्र प्रधानले १ सय १२ ल्याए भने अर्का प्रतिद्वन्दी दिनेश शाक्यले ७५ मत ल्याए ।

बरिस्ठ उपाध्यक्षमा सत्यनारायण डंगोल महिला उपाध्यक्षमा सीता श्रेष्ठ, उपाध्यक्ष कोशी प्रदेश नरेश कुमार शाक्य,

मधेस प्रदेश उपाध्यक्षमा नारायण श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष शान्त श्रेष्ठ,

गण्डकी प्रदेशका उपाध्यक्षमा हरी कुमार श्रेष्ठ र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा

ऋषिकेश श्रेष्ठ, कर्णालीबाट उपाध्यक्षमा खगेन्द्र बहादुर श्रेष्ठ निर्वाचित भए ।

महासचिव श्रीकृष्ण श्रेष्ठ र कोषाध्यक्ष पदमा माइला डंगोल निर्वाचित हुनुभयाे ।

नेवा देय दबुका निर्वाचित उपमहासचिव वासु श्रेष्ठ धादिङ जिल्लाका संचारकर्मी समेत हुन । लामो समय देखि पत्रकारीता गर्दै आएका छन् हाल न्युज २४ टेलिभिजन र दृष्टि नेपाल अनलाइन पत्रिका सम्पादक अनि संचालक पनि हुन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar