मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव

मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव

  • Kandara Samachar

  • बिहिबार, असार १९, २०८२

  • 75
    SHARES
मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव

यात्रा र अनुभूति
(विगत केही दिनदेखि म मेरै माटोको स्पर्श र अनुभूतिको यात्रामा छु ।  जिल्लाबाहिरका मित्रहरूले पनि मलाई थप प्रेरित गरिरहनुभएको छ । आभारी छु । प्रस्तुत छ अर्को दृश्य र अनुभूति ।)

मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव

मेरो बालापनले घस्रिएको स्थान पाल्पाभञ्ज्याङ । पाल्पाभञ्ज्याङको अर्को नाम डाँडो । डाँडोको कारण मनकामना मन्दिर थियो । पूर्वोत्तरका समथर भाग पारगरेपछि आउने भुरुङ जस्तो आकारको कलात्मक डाँडो । त्यसै डाँडोको टुप्पोमा थियो सानो स्थानीय काठपात र ढुङ्गा प्रयोग गरेर बनाइएको मनकामना मन्दिर । अतिक्रमणमा परेपछि मन्दिर गायव भएको थियो ।
२०६८ सालमा सम्बृद्धि नेपाल (धादिङ)ले अमृत सापकोटाको सम्पादनमा प्रकाशित पर्यटकीय विम्बचित्रमा धादिङ पुस्तकमा यसको चर्चा गरेको थिएँ । पाल्पा डाँडो डोजर लागेपछि अब डाँडो होइन भञ्ज्याङको चिनारीमा मात्र अवस्थित छ । त्यसकारण दृश्यावलोकनको पहिलेको अवस्थिति अब छैन तर अझै मनोहारी भने छ ।यद्यपि पुरानो इतिहासलाई पुनर्स्थापना गर्न मनकामना मन्दिर तथा पाल्पाभञ्ज्याङ हरियाली शहीद पार्क निर्माण समिति गठन भई श्रीमद्भागवत् सप्ताहसमेत गरी कार्य अघि बढाउनुभएछ सज्जन समाजसेवीहरूले । शायद त्यसकै प्रतिफल र (स्थानीय तथा प्रदेशबाट सहयोग भयो कि ?) सामाजिक अगुवाहरूको प्रयासले मनकामना मन्दिर बन्यो । पहिले पीङ हुने ठाउँको इतिहास कायम राख्न पीङ पनि बनेछ । यो पावन कार्यका लागि समाजसेवी तथा अगुवाहरू स्तुत्य छन् । मन्दिर बन्नु आफैँमा पचास प्रतिशत जति काम सकिनु हो । बाँकी पचास प्रतिशत काम व्यवस्थित र नियमित पूजाआजाले निर्धारण गर्छ । व्यवस्थित हुन सकेन भने कसैलाई घरमा बोलाएर आफू बाहिर गएजस्तै हुन्छ ।यसमा संलग्न महानुभावहरू अवश्य सचेत हुनुहुन्छ । मन्दिरलाई नितान्त धार्मिक र सांस्कृतिक कार्यसँग जोडे मात्र त्यो आस्थाको केन्द्र बन्न सक्छ । मन्दिर भक्तिभावको केन्द्र बन्नु, पाका पुस्ताका मानिसहरूले आस्थामात्र प्रकट गर्न मात्र नभएर दुखसुख बिसाउने स्थलको रूपमा पनि यसलाई प्रयोग गर्न सकिने रहेछ । मन्दिरको प्राणप्रतिष्ठा नहुँदै अहिले भेटिनुभएका पाकापुस्ताका केही मेरा आदरणीय तथा अग्रजहरू यसका साक्षी हुनुहुन्छ । संयोगले उहाँहरूको तस्विर लिने मौका पनि जुर्‍यो । यो स्थान विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गर्न पनि उपयुक्त हुनेछ । यस महान् कार्यमा खट्नुहुने व्यक्तित्वहरू सबैका प्रशंशा र सादर नमनका पात्र हुनुहुन्छ ।
(धादिङ २०८२/०३/१७)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar