चेपाङ पर्व “छोनाम” अर्थात न्वागी

चेपाङ पर्व “छोनाम” अर्थात न्वागी

  • Kandara Samachar

  • शनिबार, भदौ २२, २०८१

  • 133
    SHARES
चेपाङ पर्व “छोनाम” अर्थात न्वागी

✍️ तिलक चेपाङ (धादिङ)

नौ महिनासम्म जंगली कन्दमुल खाएर पेट भर्दै आएका चेपाङ जातिले भदौ महिनादेखि केही दिनलाई भने पनि नयाँ अन्न खाएर मुख फेर्ने चलन छ ।
प्रत्येक वर्ष भदौ पूर्णिमाको रातमा वज्ने एक पाखे ढ्याङग्रोको आवाजसँगै चेपाङले वादर लड्ने भिरमा उत्पादन भएको अन्न बालि खाने गर्दछन् ।
भदौ पूर्णिमाको रातलाई नेपालको अत्पसंख्यक अति सिमान्तकृत आदिवासी चेपाडले नयाँ वाली भित्रयाउने दिनका रुपमा यस पर्वलाई धुमधामसँग मनाउछन् । उक्त दिन प्रत्येक चेपाङको घर परिवार समाजमा एउटा नयाँ खुसी भित्रिएको हुन्छ । चेपाङहरुको जंगली कन्दमुल खाएर टर्रो भएको मुखमा नयां धैया चामलको भात र मकै कोदोको ढिडो पर्छ । खोलाको शिरमा र जंगलको काखमा महाभारत पहाडको टुप्पोमा बसोबास रहेका चेपाङले खोरिया खनि खोस्री उत्पादन गरेको मकै, कोदो, धान र विभिन्न खाद्यान्न भित्रयाउने समय यही महिना हो ।
भदौ पूर्णिमाका दिन चेपाङहरुले नयाँ बालीको अन्न खानका लागि चेपाङ जातिकै झाक्रि पाँडे) घरमा बोलाएर न्वागी अर्थात चेपाङ भाषामा छोनाम पर्व रातभर घरमा ढ्याङग्रो ठोकेर मनाउने गर्दछन् । चरम आर्थिक अभावका कारणले टोल छिमेकमा चेपाङहरु मिलेर संयुक्त रुपमा एउटै घरमा उक्त पर्व मनाउने गरिन्छ । चेपाङ जातिका लागि यो दिन अन्य जातिको दशै, तिहार जस्तै हो ।
रातभर एक पाखे ढ्याङग्रो ठोकेर उत्पादन भएका फलफुल र खानेकुरा अगाडि राखेर चेपाङ झाक्रिले खानाका लागि देवता पित्रीलाई मन्त्र फलाक्दै बोलाउने गर्दछन् । न्वागीमा जम्मा भएका युवायुवतिहरु भने नाचगान र रमाइलो गरी रात विताउछन् । झाक्रीले चेपाङ जातिको देवतालाई बोलाउदै आयु हुनेलाई राम्रोसँग बाच्न देऊ, नहुनेलाई आयु बढाइदेउ भनी सबैलाई नयाँ घैया धानको अन्नको टिका लगाइदिन्छन् ।
न्वागीको टिका झाक्रीबाट लगाइसकेपछि नयाँ अन्न र फलफूल घर घरमा रमाइलो गरेर खाने गरिन्छ । न्वागी पर्वको एक हप्तासम्म जग्गा हुनेले आफ्‌नै उत्पादन, नहुनेले छिमेकीसंग अन्न पैचो लिएर खाने चलन छ । न्वागी सकिएपछि चेपाङहरुलाई नयाँ अन्न खाने बाटो खुल्छ । गरिबीमा बाच्न दिवश चेपाङ जाती बढिमा १० प्रतिशत वासिन्दा न्वागीपछि तीन महिनासम्म नियमित रुपले दुई छाक अन्न खाने हैशियतमा रहन्छन् भने वाकि चेपाङहरु एक दुई महिनापछि नै जगली कन्दमुल गिठा, भ्याकुरले पेट भर्नु पर्ने बाध्यतामा पुग्छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar